दिपेश सार्की (राेका) , १९६ पटक हेरिएको
दिपेश सार्की
कानेपोखरी, २ भदौ । मोरङको कानेपोखरी गाउँपालिका ३ निवासी देबेन्द्र लुइँटेल सामाजिक कार्य गरेर गरिब तथा विपन्न परिवारको सहारा बनिरहेका छन । जब विपद पर्छ त्यति बेला पिडितहरुलाई आफ्नो तर्फबाट प्रत्येक बर्ष गरिब असायहरुलाई सहयोग गर्दै आइरहेको उनले समाजमा उदाहरण बन्न सफल भएका छन ।
जब पिडितलाई अप्ठ्यारो पर्छ त्यति बेला सहयोग गर्न पुगिहाल्छन , समाजमा विभिन्न समस्याहरु आइपर्दा कहिले पछाडी नहट्ने , समस्या संग सामना गरेर समस्यलाई हल गर्न तिर लाग्ने लुइँटेल बताउछन । त्यसैले उनले कानेपोखरीका विभिन्न ठाउँहरुमा उनले सहयोग गरिसकेका छन । त्यसतै भौतिक पुर्वधार , लेख्न पढनमा कमि नहोस भन्ने उदेश्यले बालबालिकाहरुलाई कपि पेन्सिल बितरण गर्ने , युवा पुस्तालाई कुलतबाट बच्नु पर्ने तथा स्वस्थ रहनु पर्ने भन्दै विभिन्न क्लब तथा विधालयमा खेलकुदका सामाग्रीहरु वितरण गर्ने जस्ता कार्यहरु गर्दै आएका छन ।
कोराना भाइरसको महामारीको समयमा माक्सको कम भएको बेलामा विरामीहरुलाई माक्स बितरण गरेको स्थानीय बताउछन । आफ्नै समस्यासँग जुध्न बाध्य वर्तमान परिवेशमा व्यक्तिगत समस्यबाट माथि उठेर समाजसेवामा आफूलाई समर्पित गर्ने देबेन्द्र लुइँटेल हरु जस्ता व्यक्तित्व हाम्रा लागि प्रेरणाको श्रोत बन्न सक्दछन् । उनलाई आफ्नो बचेको समय र श्रोत थोरै मात्र पनि समाजको हितमा खर्चिन सके समाज परिवर्तनमा सहयोग गर्न सकिने भएकाले यूवा पुस्ताहरुलाई समाजसेवामा लाग्न अनुरोध गर्नुहुन्छ । देबेन्द्र लुइँटेलको समाजसेवि व्यक्तित्वले आम नेपाली यूवाहरुलाई समाजसेवामा लाग्न अभिप्रेरित गर्ने कुरामा कुनै दुईमत छैन ।
प्रकाशित मिति: २०२३-०८-१९ , समय : ०९:०१:०४ , १ वर्ष अगाडि