मेयर थापा दमक अस्पताल भर्ना

ईनेपालपत्र , १४०  पटक हेरिएको

दमक, १ भदाै । दमक नगरपालिकाका मेयर (प्रमुख) रामकुमार थापा अस्वस्थ भएपछि बिहिबार राती अस्पताल भर्ना भएका छन ।

नगर प्रमुख थापालाई अचानक ज्वरो आएपछि मधुमेहको पुरानै बिरामी भएकाले अस्पताल भर्ना गर्नुपरेको हो । प्रमुख थापा यहाँस्थित सरकारी स्वामित्वको दमक अस्पतालमा भर्ना भएका हुन ।

अस्पतालका मेसु डा. कृष्ण साहले भने– उहाँ (मेयर)ज्यू लाई ज्वरोसँगै लोजिस्टोलको पनि समस्या छ । सुगरको पुरानै बिरामी हुनुहुन्छ, उहाँको थप परिक्षणहरु भइरहेको छ ।

उनका अनुसार मेयर थापालाई अस्पतालका फिजिसियन डा. निरोज आचार्यले हेरिरहेका छन ।

ज्वरो भएका कारण पहिलो चरणमा डेंगी परिक्षण रिपोर्ट नेगेटिभ आएको छ कसैमा डेंगीको संक्रमण ज्वरो आएको एक , दुई दिन पछि पनि देखिने गर्छ, थप परिक्षणहरु भइरहेको र तत्काल स्वास्थ्यमा जटिल किसिमको समस्या नदेखिएकाले खतरामुक्त अवस्थामा हुनुहुन्छ–डा. साहले भने ।

प्रकाशित मिति: २०२३-०८-१८ , समय : १२:४१:०७ , १ वर्ष अगाडि