कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम द्रारा बिधालयको अनुगमन

दिपेश सार्की (राेका) , २८७  पटक हेरिएको

कानेपोखरी,१ भदौ । सरकारी बिधालयमा शिक्षक उपस्तिथी, हाजिर खाता , बिधालयका नियमित कार्यहरु , खुवाईने खाजाको लिस्ट लगायत समग्र विषयमा अनुगमन भै रहेको अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।

अनुगमनले सकारात्मक परिवर्तन ल्याउनेमा बिस्वस्त रहेको शिक्षा शाखा प्रमुख बेग बहादुर काफ्लेले बताए । अनुगमनका क्रममा कुनै कुनै बिधालयको कमि कमजोरी पाए पनि अब सुधार्ने प्रतिबद्धता समेत जनाइएको छ ।

अनुगमन कानेपाेखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, सामाजिक बिकास शाखा जीवन सुब्बा, शिक्षा शाखा प्रमुख  काफ्ले लगायतले निरन्तर बिधालय अनुगमन गरिरहेकाे छ । गाउँपालिका अध्यक्ष इङ्नामले भन्न्नु भयो शिक्षामा ध्यान दिने हो भने सबैजना शिक्षित हुने थिए र देशले मुहार फेर्न सक्ने बताइन । कानेपाेखरी गाउँपालिकाले यति बेला शिक्षा क्षेत्रमा निकै ध्याना दिइरहेकाे छ ।

प्रकाशित मिति: २०२३-०८-१८ , समय : १२:१५:४८ , १ वर्ष अगाडि