प्रशान्त निराैला , २१३ पटक हेरिएको
लेटाङ, २९ साउन । सदाबहार सामुदायिक बनले जाँते-पथरी सडक सरसफाई गरेको छ । जंगल क्षेत्रमा लुटपाट भएर यात्रुहरुले असुरक्षित महसुस गरेको साथै सडक यात्रा गर्दा जंगली जनावर परै बाट देखिएर सुरक्षित भई निर्ढुक्क हिडडुलमा सहज होस भनेर उक्त सामुदायिक बनले सडक छेउछाउको झाडी सरसफाई गरेको बनका अध्यक्ष टंक राईले जानकारी दिनुभयो ।
आज डेढ किलोमितर जति सडकको दुबै तर्फ सरसफाई गरिएको हो। अब ५ सय मिटर सरसफाई बाँकी रहेको छ । यसलाई निरन्तर काम गरेर सम्पन्न गर्ने बन अध्यक्ष टंक राईले बताउनुभयो । २ सय भन्दा बढी मानिसको उपस्थितिमा सरसफाई गरिएको थियो ।वडा अध्यक्ष नन्दी प्रसाद खतिवडा, बनका उपभोक्ता,उज्यालो जीवन प्रतिष्ठान,वसन्त हरियाली सामुदायिक बन , अस्थायी प्रहरी चौकी जाँतेका प्रमुख राम कुमार कटुवाल सहितको टोलि,युबा अभियान्ता दिप बान्तवा लगायतका युवाहरुको अगुवाईमा सहित सरसफाई गरिएको हो ।
जाँतेपथरी सडक कालोपत्रेको काम समेत सम्पन्न हुने क्रम बढे संगै पर्यटकहरु जाँते घुम्न आउनेहरुको संख्या समेत बढेको छ । जाँते हुँदै बुधबारे तर्फ जानेहरुको समेत रोजाईको सडक बनिरहेको छ । उक्त सडक वसन्त हरियाली सामुदायिक बन, बिवाईसी क्लब, जाँते फूटबल क्लबले समेत सरसफाई गरिरहेका छन ।
प्रकाशित मिति: २०२३-०८-१४ , समय : २०:४४:३१ , १ वर्ष अगाडि