चिउरी प्रर्वधनमा जुट्यो लेटाङ नगरपालिका

ईनेपालपत्र संबाददाता , २६३  पटक हेरिएको

अभिषेक पाैडेल
लेटाङ, २२ साउन । लेटाङ नगरपालिका चिउरीको प्रबर्धनमा जुटेको छ । चुरेमा चिउरी कार्यक्रम ल्याएर यसको कार्यान्वय नै गर्न नगरपालिका लागेको हो ।
लेटाङ नगरपालिकाको बार्षिक कार्ययोजना अनुसार लेटाङ नगरपालिकाले चिउरी लाई प्राथमितामा राखेर कार्यक्रम गरिरहेको छ । यसै अन्र्तगत राजारानी सामुदायिक बन उपभोक्ता समुहले विभिन्न चरणमा चिउरीका विरुवा बन क्षेत्रमा रोपिएको उक्त बनका अध्यक्ष कुमार लिम्बुले जानकारी दिनुभयो । नगरपालिकाले यसलाई पहाडी क्षेत्र भरी संचालन गर्ने तयारी गरिरहेको छ ।
चिउरी समुन्द्री सतहवाट दुईसय मिटर देखि पन्ध्रसय मिटर सम्मको मध्यपहाडी क्षेत्रमा हुने सदावहार विरुवा हो । यसको रुख २० मिटर सम्म अग्लो हुने गर्दछ । चिउरी बहुउपयोगि विरुवा हो । यसमा निक्कै बाक्लो गरी स—साना दाना फल लाग्छ । यसको विरुवा पनि निक्कै उपयोगि हुन्छ । चिउरीले संयौ वर्ष सम्म पनि फल दिने भएकाले दिर्घकालिन आम्दानीको दरिलो श्रोतको रुपमा लिईन्छ ।
चिउरीका धेरै नै फाईदाहरु समेत छन् ।
भु—क्षय नियन्त्रण गर्न, पानीको श्रोत संचय गर्न , प्रसोधन गरि घ्यु निकाल्न, विभिन्न फर्निचरका सामान बनाउन,चिउरोको पिना वाट विभिन्न सौन्दर्यका सामाग्री बनाउन,चिउरीका पिना वाट जैविक मल र किटनासक औषधी बनाउन लगायत स्वास्थ्य उपचारमा समेत यसको प्रयोग गर्न सकिन्छ ।
विभिन्न प्रजातीका फलफुल जंगलमा लगाउने हो भने जंगली जनावरहरुलाई समेत खाना प्रसस्त हुने र यसले गाउँमा पसेर गर्ने क्षती कम हुने जानकारहरु बताउनछन् ।

प्रकाशित मिति: २०२३-०८-०७ , समय : १२:१०:४६ , १ वर्ष अगाडि