फगिङले क्यान्सर लाग्दैन ः जनस्वास्थ्य अधिकृत रिजाल

डेङगो नियन्त्रण गर्न सिदार्थले थाल्यो फगिङ अभियान

रबिन श्रेष्ठ , २०७  पटक हेरिएको

लेटाङ, ९ साउन । लेटाङमा डेङगो नियन्त्रणका लागि गरिने फगिङले क्यान्सर रोग नलाग्ने स्वास्थ्यकर्मीले वताएका छन् । लेटाङमा यसले क्यासर रोग लाग्ने भनेर हल्ला चलेपछि जनमानसमा त्रास समेत फैलिएको छ । फगिङका क्रममा यसका असरका वारेमा क्यान्सर रोग समेत लाग्ने हल्ला चल्न थालेपछि लेटाङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव रिजाल संग हाम्रा प्रतिनिधीले कुराकानी गर्दा यसले कुनै पनि किसिकको क्यान्सर रोग लाग्ने प्रमाण आज सम्म नभेटिएको बताउनुभयो । उहाँका अनुसार अनुभवका आधारमा ईमेरजेन्सी अवस्थामा फगिङ गर्ने चलनलाई समेत आत्मसात गर्दै लेटाङ नगरपालिकाले समेत एक चरण फगिङ गरिएको बताउनुभयो ।

अहिले डेङगु रोगले महामारीको रुप लिने अवस्था आएको छ । प्रत्येक जसो घरमा डेङगोका विरामी भेटिन थालेका छन् । यसलाई नियन्त्रण गर्नका लागि सर्च एण्ड डिस्ट्रोय अभियान सबैले चलाउन जरुरी छ नै यसले महामारी रुप लिन थाल्नु अघिनै फगिङ वा स्प्रे गर्न समेत जरुरी देखिन थालेको छ ।

यहि विषयमा चासो र चिन्ता ब्यक्त गर्दै आएको सामाजिक सेवा भावले खोलिएको संस्था सिदार्थ युवा क्लव लेटाङले सार्वजनिक रुपमा आह्वान गरि फगिङ मेसिन खरिद गरेर अहिले लेटाङका लामखुट्टेको जोखिम क्षेत्रमा फगिङ गरिरहेको छ ।

लेटाङ नगरपालिकाले गरेको फगिङ पर्याप्त नभएको गुनासो समेत बढ्न थालेपछि लेटाङका युवाहरुले देश तथा विदेश वाट आर्थिक सहयोग जुटाइ वडाहरुमा फगिङ कार्यक्रम संचालन गर्दै आएको छ । आज लेटाङ वडा नं. ३ का वजार क्षेत्रहरुमा बेलुकी ७ः३० बजे देखि सिदार्थ युवा क्लवले फगिङ गर्ने सुचना समेत जारी गरेका छन् ।

लामखुट्टेको टोकाइ वाट लाग्ने रोग डेङगु नियन्त्रणमा ल्याउने पहिलो सुरक्षित उपाय भनेको लामुखुट्टेको बासस्थानलाई नै नस्ट गर्नु हो । यसका लागि गमला, टायर ,साना साना खाल्डा खुल्डी, कुनै पनि पानी जम्ने भाडाकुडालाई सफा राख्नु पर्छ । अत्यावश्यक परेमा फगिङ वा स्प्रे समेत गर्न सकिने र यसले गभ्भिर समस्या नहुने डब्लुएचओले समेत जनाएको छ ।

प्रकाशित मिति: २०२३-०७-२५ , समय : १६:३४:२३ , १० महिना अगाडि