सिसेक्पा तङनाम अर्थात साउने संक्रान्ति मनाईयो

प्रशान्त निराैला , १४८  पटक हेरिएको

लेटाङ, २ साउन । सिसेक्पा तङनाम अर्थात साउने संक्रान्ति पर्व भब्यताका साथ मनाईएको छ ।
मोरङको लेटाङ ९ बाह्रगोठेमा विभिन्न फलफुल लागायत आफ्नो बारिमा फलेको सबै प्रकारको खेतिबालि फस्टियोस, घाउखटिरा तथा रोग ब्यादि नलागोस , अनिकाल जाउ स-काल आउ देशमा सान्तिहोस भ्रष्टचार नहोस भन्ने उदेस्यले लिम्बू परमपरामा धान नाच , ढोल नाच ख्यालि हाकपारे गीत अनि नाँचबाट साउने संक्रान्तिलाइ खाना,मासु जाँड ,रक्सि फलफुल लागायत सबै परिकार दुनामा राखि बिधिपुर्बक दोबाटोमा राखि यो पर्व मनाईएको स्थानिय अगुवा भुपेश लिम्बुले जानकारी दिनुभयो ।

सिसेक्पा तङनाम फक्ताङलुङ केलाङ समुह लेटाङ ९ को आयोजनामा साउन १ गरे साँझ यो कार्यक्रम गरिएको हो । कोपिला सामुदायिक बन लेटाङ ९ को भबनमा भएको कार्यक्रममा स्थानियको बाक्लो उपस्थिती थियो ।

प्रकाशित मिति: २०२३-०७-१८ , समय : १९:५७:३९ , १ वर्ष अगाडि