वि.सं.२०८० असार २९ गते शुक्रबारको राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

प्रशान्त निराैला , २०८  पटक हेरिएको

– तुलसी भारद्धाज निरौला

मेष–अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ ।

वृष–समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ ।

मिथुन–ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मेहनतअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल नहोला ।

कर्कट–आम्दानी बढढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ।

सिंह–कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्।

कन्या–आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला ।

तुला–लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

वृश्चिक–साझेदारीमा राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ ।

धनु–अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

मकर–सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न सकिने छ ।

कुम्भ–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

मीन–भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ।

प्रकाशित मिति: २०२३-०७-१४ , समय : १२:०६:२७ , १० महिना अगाडि