एजेन्सी , २४४ पटक हेरिएको
शनिबार, २३ असार । जुम्ल्याहा बच्चा जन्मेको १४ वर्षपछि उनीहरुको बाबु आफु नभएको थाहा पाएपछि ।
एआरटीको मद्दतबाट जन्मिएका जुम्ल्याहा सन्तान आफनो नभएपछि भारतमा एक ब्यक्तिले अस्पताल विरुद्ध मुद्दा हालेका छन् । बच्चा जन्मिएको १४ वर्षपछि दुवै सन्तान आफनो नभएको जानकारी पछि ती ब्यक्तिले मुद्दा हालेका हुन।
नयाँ दिल्लीको भाटिया ग्लोबल हस्पिटल एण्ड एण्डोसर्जरीमा सन् २००८ मा एक दम्पती बच्चा जन्माउन पुगेका थिए। सामान्य तरिकाले बच्चा जन्माउन समस्या हुने आमाले यो प्रविधिको सहायता लिन्छन् ।
पीडित दम्पतीले आईसीएसआईको माध्यमबाट सन्तान जन्माउने निर्णय गरेर अस्पताल पुगेका थिए। ट्रिटमेन्टमार्फत महिला गर्भवती भइन् र सन् २००९ मा जुम्ल्याहा बच्चा पाइन् । एक बच्चाको रगत परीक्षण गरेपछि आएको ब्लग ग्रुपसम्बन्धी जानकारीबाट उनलाई शंका भयो ।
रगतको जाँचमा बच्चाको ब्लड ग्रुप एबी प्लस आएको थियो । यो जानकारीपछि अभिभावकलाई अचम्म लाग्यो, किनकि आमाको ब्लड ग्रु बी प्लस थियो र बुबाको ओ माइनस थियो । यसपछि दम्पतीले बच्चाको प्याटरनिटी टेस्ट (डीएनए प्रोफाइल) गराउने निर्णय गरे ।
यो परीक्षणबाट थाहा भयो, जुम्ल्याहा बच्चाका बायोलोजिकल बुबा, ती महिलाका श्रीमान् होइनन् । एआरटीमा प्रयोग गरिएको वीर्य आफ्नो नभएको कुरा श्रीमानले पनि थाहा पाए ।
त्यसपछि उनीहरुले नियामक निकायमा उजुरी गरे। घटनामा सम्बन्धित आयोगले दिल्लीको अस्पताललाई डेढ करोड रुपैयाँ जरिवाना दिन भनेको छ । दम्पत्तिले दुई करोड रुपैयाँ मुआब्जा मागेका थिए ।
डाक्टरका अनुसार यस्तो घटना निकै दुर्लभ हो । पछिल्लो ३० वर्षयता गुजरातको आणन्दमा डाक्टर नयनाले सरोगेसी सेन्टर चलाउँदै आएकी छन् । उनी भन्छिन्, ‘हरेकपल्ट स्याम्पल लिनुअघि र अस्पतालमा जम्मा गर्दासम्म साक्षी राख्नुपर्ने हुन्छ । हामी दुई प्रत्यक्षदर्शी राख्छौँ तर कहिलेकाहीँ व्यक्तिले घरबाटै स्याम्पल ल्याउने गर्छन् । यस्तो बेला पनि हामीले कुनै गल्ती नहोस् भनेर खास सतर्कता अपनाउनुपर्ने हुन्छ । रेकर्डमा स्याम्पल घरबाट ल्याएको भनेर जानकारी प्रस्टसँग लेखिएको हुन्छ । अहिले त निकै आधुनिक प्रविधि आइसकेको छ, जसमध्ये एक हो, इलेक्ट्रोनिक विटनेस सिस्टम ।’
कहिलेकाहीँ स्याम्पल दिनेको नाम पनि उस्तै हुने डा। नयना बताउँछिन् । यस्तो बेला झनै होसियार हुनुपर्ने उनको भनाइ छ ।
यो घटनामा एनसीडीआरसीले भाटिया ग्लोबल हस्पिटल एण्ड एण्डोसर्जरी इन्स्टिच्युटका अध्यक्ष र निर्देशकले पीडित दम्पतीलाई डेढ करोड रुपैयाँ दिनुपर्ने फैसला भएको छ। घटनामा जोडिएका दुई डाक्टरले दम्पतीलाई १०–१० लाख रुपैयाँ दिनुपर्ने छ ।
दुवै बच्चाको नाममा १ करोड ३० लाख रुपैयाँ राशि राष्ट्रिय बैंकमा जम्मा गर्नुपर्ने छ । यो रकम दुवै बच्चाको आधाआधा हुने छ । यसमा अभिभावकलाई नोमिनी बनाइएको छ । बच्चाको रेखदेखका लागि अभिभावकले ब्याजबाट पाउने रकम निकाल्न सक्ने छन् ।
प्रकाशित मिति: २०२३-०७-०८ , समय : १२:५८:५३ , १ वर्ष अगाडि