लेटाङमा डेङगु संक्रमण उच्च

प्रशान्त निराैला , ६५४  पटक हेरिएको

लेटाङ, २१ असार । लामखुट्टेले टोकेर लाग्ने डेङगो रोग लेटाङमा फैलिएको छ । लेटाङका विभिन्न वडाहरुमा मानिसहरु विरामी पर्न थालेका छन् । लेटाङका अस्पतालहरुमा समेत डेङगो संक्रमणका विरामीहरु आउने गरेको स्वास्थ्यकर्मीहरुले वताएका छन् ।

डेङ्गुको संक्रमण भएका व्यक्तिहरुमा प्राय जस्तो उच्च ज्वरो (१०४ डिग्री फारेनहाइट वा ४० डिग्री सेल्सियससम्म ) देखिन्छ । साथसाथै डेङ्गु संक्रमित व्यक्तिहरु आँखाको पछाडि (भित्रि) भाग दुख्नु ,वाकवाकी लाग्नु,मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु,शरीरका ग्रंथिहरु सुन्निनु, छाला रातो हुनुका साथै छालामा डाबर आउनु, लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि डेङ्गु ज्वरोको लक्षण देखिन थाल्छ र लक्षणहरु ३ देखि ७ दिनसम्म रहन सक्छ ।
डेङ्गुबाट पीडित २० जनामध्ये एक जनामा डेङ्गुको प्रारम्भिक लक्षण देखिन थालेपछि गम्भीर डेङ्गु हुने स्वास्थ्यकर्मीहरुले वताएका छन् ।
लेटाङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशव रिजालले वताएअनुसार लामखुट्टेको स्रोत नस्ट गर्न सकेमा यस रोग नलाग्ने वताउनुभयो । पानी जम्न नदिने, टायर, नरिवल दानाको खोल भित्र जमेको पानी , रुखको टोक्रा भित्र जमेको पानीमा यो लामखुट्टेको प्रजनन हुने भएकाले यी स्रोतलाई नस्ट गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लेटाङ नगरपालिकाले समेत यस विषयमा कदम चालिरहको वताउनुभयो ।

प्रकाशित मिति: २०२३-०७-०६ , समय : १८:०१:२९ , १० महिना अगाडि