ईनेपालपत्र समाचारदाता , १४८ पटक हेरिएको
लेटाङ १७ असार । लेटाङमा एकपछी अर्को गर्दै श्रमदानको अभियान सुरु हुन थालेको छ ।
राज्यको मात्र मुख ताक्नु भन्दा सबै जनता समेत मिल्ने हो भने बिकासको ठूलो परिणाम देखाउन सकिन्छ ।
यस्तै कामका लागि लेटाङ नगरपालिका २ नं. वडा कार्यालयका वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले एक सुचना जारी गर्दै श्रमदानका लागि आह्वान गर्नुभएको हो ।
पहिलो चरणमा चिसाङ खोलाको अस्चिमि धार लोखरा खन्डको मलामि खाजाघर क्षेत्रमा तटबन्ध गर्नको लागि लेटाङ नगर पालिका बाट लागत अनुमान अनुसार २०० थान जालि उपलब्ध भएको हुँदा उक्त जालि भर्ने कार्य आम वडाबासि हरुको सहयोगमा श्रमदानको माध्याम बाट सो कार्य गर्ने भन्ने वडाका जनप्रतिनिधि, राजनैतिक दल,नागरिक समाज,संघ सस्थाका प्रतिनिधि,टोल बिकास सस्थाका प्रतिनिधि,र सरोकार वाला हरु समेतको उपस्थितिमा गर्ने निर्णय भएको वडा अध्यक्ष तिम्सिनाले जानकारी दिनुभयो ।
।
श्रमदान गर्न इच्छुक अन्य संघ सस्था हरु समेत तटबन्ध गर्ने कार्यमा सरिक हुन सकिने कुरा समेत सुचनामा स्पस्ट पारिएको छ ।
वडा नं. २ का टोलहरुलाई श्रमदानका लागि निम्न अनुसार समय निर्धारण समेत गरिएको छ ।
(१)२०८०/३/१९ गते मंगलबार:-किरातटोल=लाफाटोल
(२)२०८०/३/२० गते बुधबार :-प्रगतिटोल=बिचटोल
(३)२०८०/३/२१ गते बिहिबार:-धोबि टोल =खैरेनि टोल
(४)२०८०/३/२२ गते सुक्रबार :-पैतिसबिघे=गोदावारि
(५)२०८०/३/२३ गते सनिबार:- बुधबारेटोल=नर्सरि टोल
(६)२०८०/३/२४ गते आइतबार:-तुर्केटोल =फडानि टोल
समय प्रत्येक दिन बिहान ११.०० बजे देखि दिउसो ४ बजे सम्म
आवश्यक समन्वयका लागि सम्पर्क :- 9852075302
प्रकाशित मिति: २०२३-०७-०२ , समय : २०:५१:१५ , १ वर्ष अगाडि