विप्लव नेता चम्लागाई पक्राउ

Enepal Patra Pvt. Ltd. , ८३४  पटक हेरिएको

बेलबारी,१३ पुस । विप्लव समुहका मोरङ इन्चार्ज नरेश भनिने कृष्ण चौलागाई ,मेची–कोसी ब्यूरो कार्यालय सचिव सुमनसिंह भुजेल र क्षतिज पौडेल  पक्राउ पर्नु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार चौलागाई र पौडेललाई मोरङको पथरशनिश्चरेबाट पक्राउ गरिएको हो । यस्तै प्रतिबन्धित नेकपा विप्लवका मेची–कोसी इन्चार्ज उमा भूजेल पनि पक्राउ पर्नु भएको छ । । उमा भूजेल र सुमनसिंह भुजेललाई सुनसरीको चकरघट्टीबाट पक्राउ गरेको प्रहरीकोे भनाई छ ।
यता विप्लव समुहका चारजना नेताले शुक्रबार मात्र आत्मसमर्पण गरेका थिए । विप्लव समूहका मोरङ जिल्ला जनसत्ता प्रमुख दिपक आचार्य, मोरङ सचिव नवराज नेपाल, गोविन्द कार्की र जगतबहादुर पुलामीमगरले आत्मसमर्पण गर्नु भएको हो । ।
पक्राउ परेपछि उहाँहरूले पार्टी परित्याग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा आत्मसमर्पण गर्नु भएको थियो । पार्टी परित्याग गरेको कागज गरेपछि मोरङ प्रहरीले उहाँहरू चारैजनालाई छोडेको छ ।

प्रकाशित मिति: २०१९-१२-२९ , समय : १८:२३:२६ , ४ वर्ष अगाडि