ईनेपालपत्र समाचारदाता , ३०७ पटक हेरिएको
उर्लाबारी, १ अशार । मानिसको मृत्यु पछिको अन्तिम संस्कार गर्ने आर्यघाट बनाउन उर्लाबारीका-४ का स्थानीयले ४० वर्ष देखि भोगेको ४ विघा जमिन स्थानीय सरकारलाई दिएका थिएपछि त्यहाँ काम सुरु भएको छ।
जग्गा जोतभोग गर्दै आएका ३५ जना जग्गाधनीहरुले नगरपालिकालाई व्यवस्थित बक्राहाघाट निर्माणका लागि जग्गा दिएपछि उर्लाबारीमा मोरङ जिल्लाकै ठुलो र व्यवस्थित आर्यघाट बन्ने उर्लाबारीका नगर प्रमुख गंगा प्रसाद खरेलले बताएका छन्।
बिगतमा जग्गा अभावकै कारण योजनालाई सार्थकता दिन उर्लाबारी नगरपालिकाका निवर्तमान नगर प्रमुख खड्ग फागोको पालामै काम सुरु गर्ने लक्ष थियोे ।तर निर्वाचनमा खरेलले बिजय हासिल गरेपनि उनले आर्यघाटको निर्माणको काम अघि बढाइरहेका छन्। उर्लाबारीको विकास र समृद्धिका लागि कहि कतै कसैसँग गलत सम्झौता गर्दिन भन्दै उर्लाबारीकै गौरवको योजनाका रुपमा लिइएको “बक्राघाट” को योजनालाई अगाडि बढाई रहेका छन् ।
निर्वाचनताका नगर प्रमुख खरेलले नगरपालिकाको सुशासन, मितव्ययीता, पारदर्शितामा , उर्लाबारीको समृद्धि र विकासका लागि मरिमेट्ने जस्ता उद्घोष गरे जस्तै अहिले उनको कामले लय समात्न थालेको छ। उनलेे बजेट निर्माणमा अाम सरोकारवालाहरुको सुझाव लिन थाल्नुले अागामी अार्थिक बर्ष २०८०/०८१ मा उर्लाबारीको बजेट सबैलाई समेेटेर अाउनेमा स्थानीयहरु ढुक्क भएकन छन् ।उनीहरूले यश कदमको खुलेर प्रशंसा पनि गरेका छन् ।
प्रकाशित मिति: २०२३-०६-१६ , समय : ०७:१४:१३ , १ वर्ष अगाडि