बिनाेद भण्डारी , ६०८ पटक हेरिएको

विराटनगर, १९ जेठ । शिक्षा क्षेत्र सुधार हुनुपर्ने शिक्षाका लागि राष्ट्रिय अभियानका प्रदेश सहसयाेजक विनोद भन्डारीले वताउनुभएको छ । भण्डारीले शिक्षाका लागि विश्वव्यापि कार्यसप्ताह २०२३ का सन्दर्भमा आयोजित संघिय शिक्षा ऐन तत्काल सार्वजनिक गर्न संघिय सरकारलाई दवाद दिन आयोजित हस्ताक्षर संकलन कार्यक्रममा उक्त कुरा राख्नुभएको हो । अव पुरानो शैलिले सार्वजनिक शिक्षा क्षेत्र अगाडि बढ्न नसक्ने भन्दै शिक्षा क्षेत्र सुधार गर्नैपर्ने उहाँको जोड थियो ।
सस्थाका प्रदेश सचिव प्रशान्त निराैलाले शिक्षामा राज्य सगै अभिभावकले समेत रुपान्तरणका बिषयमा चासाे ब्यक्त गर्न आवश्यक रहेका धारणा राख्नुभयाे । उहाँले शिक्षा क्षेत्रमा हुने अनावश्यक हस्तक्षेप बन्द हुनुपर्ने , युगानुकुल शिक्षा पाठ्यक्रम बिकास हुनुपर्ने, ब्यवसायिक , प्राबिधक बिषयबस्तुलाई समेत प्राथमिकतामा राख्नुपर्ने वताउनुभयाे । निशुल्क रुपमा शिक्षा पाउने अधिकारलाई सुनिस्चत गर्नुपर्ने उहाँकाे बिचार थियाे ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमले धारणा राख्दै स्थानिय स्तरमा व्यवस्थापनमा सक्षमता प्रर्दशन गरेका र समुदायमा अभिभावहरुको विश्वास जितेर प्रशंसा कमाएका विद्यालयलाई नजिक रहेका कमजोर विद्यालयहरुको व्यवस्थापनको जिम्मा दिन बिग स्कुलको अवधारणा समावेश गर्नुपर्ने बताउनुभयो । उहाँले सकेसम्म अस्पष्ट शब्दावलिहरु नराखेर शिक्षक, विद्यालय तथा विद्यार्थी तिनवटै पक्षलाई समेटेर यथाशिघ्र संघिय शिक्षा ऐन जारि गर्नुपर्ने कुरालाई जोड दिनुभयो ।
यसैगरि सत्यनारायण मावि विराटनगरका प्रअ पुरुषोत्तम गुरागाईले शिक्षकहरुका वृत्तिविकास, तालिमका साथै शिक्षकहरुलाई थप जिम्मेवार बनाउने व्यवस्था समावेश गरेर मात्र अब बन्ने शिक्षा ऐन जारि हुनुपर्ने धारणा राख्नुभयो ।
गैसस महासंघ मोरङका अध्यक्ष विष्णु शर्माले संघ, प्रदेश तथा स्थानिय तह तिनवटै तहका सरकारहरु तथा अन्य सम्बन्धीत पक्षहरुले आ—आफ्नो जिम्मेवारी पुरा गरेमात्र शिक्षा क्षेत्रले फड्को मार्न सक्ने बताउनुभयो ।
यसै बिच अभियानले हस्तान्तरण गरेको आठ बुँदे सुझावपत्र बुझ्दै कोशि प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कि, सामाजिक विकास मन्त्री बुद्दि राज भण्डारी तथा बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शिक्षा लाई अगामी कार्यक्रम तथा बजेटमा प्राथमिकतामा राख्ने प्रतिबद्घता व्यक्त गर्नुभयो ।
कार्य सप्ताहका सन्दर्भमा अभियानले विराटनगरमा हस्ताक्षर संकलन, सुझाव पत्र हस्तान्तरण अन्र्तक्रिया लगायतका कार्यक्रमहरु गरि मनाएको हो । कार्य सप्ताह यहि मे २९ देखि जुन २ सम्म चलेको थियो ।
प्रकाशित मिति: २०२३-०६-०२ , समय : १४:५२:२९ , २ वर्ष अगाडि