पथरीशनिश्चरे ४ को सार्वजनिक सुनुवाईमा गुनासोको चाङ

enepalpatra , २१२  पटक हेरिएको

पथरीशनिश्चरे (मोरङ)१२ जेठ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नंंं.४ ले बिहीबार वडा परिसरमा वडावासीको गुनासोे सुन्ने दिनका रुपमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।
वडामा दोस्रो कार्यकाल सुरु भएको पहिलो एक वर्ष पुरा भएको अवसर पारेर भएको सार्वजनिक सुनुवाई गरिएको हो । वडाले एक वर्षको अवधिमा गरेका विकास निर्माण सम्बन्धी कामको विवरण वडाध्यक्ष लोककिरण न्यौपानेले प्रस्तुत गर्नु भएको थियो । न्यौपानेले चालु आवमा नगरबाट प्राप्त ७३ लाख ७५ हजार रुपियाँको सिलिङबाट भएकोे विकास निर्माण प्रस्तुत गर्नुभयो । जसमध्ये ३ लाख मर्मतमा,१३ लाख विविधमा, ७ लाख चालु खर्च र ४९ लाख ८१ हजार रुपियाँ पुँजीगत खर्च भएको उल्लेख छ ।
वडाले ९ सय किसानलाई किसान परिचय पत्र प्रदान गरेको छ । यस्तै २५सय मिटररर सडक ग्राभेल,१२ थान ह्युमपाइप वितरण ,५ हजार ६ सय मिटर खानेपानीको पाइप बिस्तार लगायतका काम भएको बताइएकककको छ । कृषि,विकास निर्माण,शिक्षा,स्वास्थ्य र सामाजिक विकास तर्फ अलग अगल विकास विवरण पेश गरिएको सार्वजनिक सुनुवाईमा सरकोरवालाहरू उठाएका प्रश्नको जवाफ वडाध्यक्ष लगायतका जनप्रतिनिधि र वडा सचिवले दिनु भएको थियो ।
वडाले चालु आवको जेठ १० गते सम्म एकीकृत सम्पत्ति कर वापत १२ लाख ५हजार ७५९ रुपियाँ र सिफारिस वापद ९ लाख ८२ हजार ८४४ रुपियाँ आम्दानी गरेको छ । वडामा जेष्ठ नागरिक ५९८,एकल महिला १११,एकल दलित ९४ ,जेष्ठ दलित ९१,पूणृ अपाङ्गता २३,अति अशक्त अपाङ्गता २६ र दलित बालबालिका ११० जना रहेका छन् ।
कार्यक्रममा डिगबहादुर बस्नेत,निर्मला भट्टराई,प्रहरी सहायक निरीक्षक चुडामणि खतिवडा,ज्ञानबहादुर बिष्ट,राजकुमार मगर लगायतले वडाले गरेको काम प्रति जिज्ञाषा राख्नु भएको थियो । यस्तै राजन भट्टराई, अम्मरबहादुर बराइली,जहरमान लिम्बू,आँशुतोष भट्टराई,हिक्मत श्रेष्ठले जिज्ञाषा राख्नुु भएको थियो ।

प्रकाशित मिति: २०२३-०५-२६ , समय : ०७:२९:१७ , १२ महिना अगाडि