हरि कोइराला , ६३७ पटक हेरिएको
 
पथरीशनिश्चरे(मोरङ),१० जेठ । नक्कली भूटानी शरणार्थी बनाएर तेस्रो देश लैजान करोडौं रुपियाँ सङ्कलन गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । यता मोरङको पथरीशनिश्चरे १० स्थित भूटानी शरणार्थी शिविरका सक्कली शरणार्थीहरू भने नेपाल सरकारले नेपाली नागरिकता दिने विश्वासका साथ शिविर मै बसिरहेका छन् । नेपाली नागरिकता पाउने आसमा तेस्रो देश नजानु भएका ८८ वर्षीय वीर्खबहादुर तामाङले भन्नुभयो – भूटानी शरणार्थी भएपनि म नेपाली हुँ । अब नेपाल सरकारले टाउको लुकाउने माटो र नागरिकको दर्जा दिनुपर्छ । तामाङका आफन्त र नातागोता धेरै जसो पुर्नवासमा तेस्रो मुलकमा गइसकेका छन्। जेठो छोरो भूटान मै सैनिक जागिरमा छन् । माइलो र कान्छो छोरा अमेरिका लागि सके । शिविरमा अरु नातेदार कोही छैनन । भूटानको चिराङ,लामीडाँडाबाट खेदिएर ५७ वर्षको उमेरमा नेपाल आउनु भएका तामाङ अहिले एक्लो हुनुहुन्छ । हजु्रबाबु ताप्लेजुङको दोखु घ्याङ्वारीबाट काम खोज्ने क्रममा भुटान पुगेको तामाङले बताउनुभयो । उहाँले भन्नुभयो –‘मेरा सबै दाजु भाइ नेपाली हुन् , म पनि नेपाली हुँ , कि मलाई भुटान फर्काइ दिनु प¥यो कि नेपाली नागरिकता दिएर नेपाल मै झुपडी हालेर बस्न दिनुप¥यो ।वीर्खबहादुर मात्र होइन ,उहाँ जस्ता थुप्रै पाका उमेरका शरणार्थीहरू तेस्रो देश नजाने भनेर शिविर मै बसिरहेका छन् । पुनर्वास गएका आफन्तहरूले पठाएको सामान्य खर्चमा भरमा उहाँहरूको दैनिकी चलेको छ । ७७ वर्षीय भगीनन्द गुरुङले आफ्ना बाबु नै धनकुटाको पाख्रीवासबाट कामको खोजीमा भुटान पुगेको बताउनु भयो । आफ्ना नातेदारहरू अझै पनि धनकुटामा रहेको बताउँदै उहाँले भन्नुभयो –‘म नेपाली नै हुँ, मेरो देशमा खान नपुगेपछि कामको खोजीमा देश छोडेर निस्किदा शरणार्थी बन्नु प¥यो ।’ उहाँले तीन भाइ छोराहरू अमेरिका गए पनि आफूलाइृ स्वदेश छोडेर हिड्न मन नलागेको बताउनु भयो । २५ वर्ष भुटान मै स्वास्थ्यकर्मी भएर काम गर्नु भएका भगीनन्द अहिले पनि मेडिकल पसल चलाएर बसिरहनु भएको छ । कान्छी श्रीमती र छोरासँग बस्दै आउनु भएका गुरुङले नेपाल सरकारसाग चिहान राख्ने माटो मात्र मागेको बताउनु भयो ।भुटानको चिराङ बुडीचु बाट खेदिएर नेपाल आई पुग्नु भएका गुरुङ अहिले सी १ को १४ नं. छाप्रोमा बस्नु हुन्छ । राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसीआर) २०४५ सालमा बनाएको छाप्रामा दुखले दिन कटाइरहनु भएका गुरुङ नेपालले नागरिकता दिनमा ढुक्क हुनुहुन्छ । शिविरका क्याम्प सचिव चम्पासिंह राईका अनुसार शिविरमा हाल १ हजार ४४१ जना रहेका छन् ।जसमध्ये २०४ जना शरणार्थीहरू दर्ता हुन बाँकी छन् । राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसीआर) ले सन् २०१६ को डिसेम्बर ३० सम्म प्रमाणिकरण भएका शरणार्थीहरू २०१९ को सेप्टेम्वर सम्म तेस्रो देशमा पुनर्वासको ब्यवस्था मिलाइदिएको थियो । राईका अनुसार उच्चायोगले प्रमाणिकरणको काम रोकिसकेको छ । तर, पनि भूटानी शरणार्थी बनेर अमेरिका जाने सपनामा धेरै नेपालीले विभिन्न ब्यक्तिलाई लाखौं रकम दिएको समाचार सुनेपछि आफू छक्क परेको राईको भनाई छ । उच्चायोगले भुटान फर्किन चाहने, नेपाल नै बस्न चाहने र प्रमाणिकरण हुन छुटेका शरणार्थीलाई नेपाल सरकारले नै ब्यवस्थापन गर्ने भनिसकेको छ ।
नेपाली नागरिकता पाउने आसमा तेस्रो देश नजानु भएका ८८ वर्षीय वीर्खबहादुर तामाङले भन्नुभयो – भूटानी शरणार्थी भएपनि म नेपाली हुँ । अब नेपाल सरकारले टाउको लुकाउने माटो र नागरिकको दर्जा दिनुपर्छ । तामाङका आफन्त र नातागोता धेरै जसो पुर्नवासमा तेस्रो मुलकमा गइसकेका छन्। जेठो छोरो भूटान मै सैनिक जागिरमा छन् । माइलो र कान्छो छोरा अमेरिका लागि सके । शिविरमा अरु नातेदार कोही छैनन । भूटानको चिराङ,लामीडाँडाबाट खेदिएर ५७ वर्षको उमेरमा नेपाल आउनु भएका तामाङ अहिले एक्लो हुनुहुन्छ । हजु्रबाबु ताप्लेजुङको दोखु घ्याङ्वारीबाट काम खोज्ने क्रममा भुटान पुगेको तामाङले बताउनुभयो । उहाँले भन्नुभयो –‘मेरा सबै दाजु भाइ नेपाली हुन् , म पनि नेपाली हुँ , कि मलाई भुटान फर्काइ दिनु प¥यो कि नेपाली नागरिकता दिएर नेपाल मै झुपडी हालेर बस्न दिनुप¥यो ।वीर्खबहादुर मात्र होइन ,उहाँ जस्ता थुप्रै पाका उमेरका शरणार्थीहरू तेस्रो देश नजाने भनेर शिविर मै बसिरहेका छन् । पुनर्वास गएका आफन्तहरूले पठाएको सामान्य खर्चमा भरमा उहाँहरूको दैनिकी चलेको छ । ७७ वर्षीय भगीनन्द गुरुङले आफ्ना बाबु नै धनकुटाको पाख्रीवासबाट कामको खोजीमा भुटान पुगेको बताउनु भयो । आफ्ना नातेदारहरू अझै पनि धनकुटामा रहेको बताउँदै उहाँले भन्नुभयो –‘म नेपाली नै हुँ, मेरो देशमा खान नपुगेपछि कामको खोजीमा देश छोडेर निस्किदा शरणार्थी बन्नु प¥यो ।’ उहाँले तीन भाइ छोराहरू अमेरिका गए पनि आफूलाइृ स्वदेश छोडेर हिड्न मन नलागेको बताउनु भयो । २५ वर्ष भुटान मै स्वास्थ्यकर्मी भएर काम गर्नु भएका भगीनन्द अहिले पनि मेडिकल पसल चलाएर बसिरहनु भएको छ । कान्छी श्रीमती र छोरासँग बस्दै आउनु भएका गुरुङले नेपाल सरकारसाग चिहान राख्ने माटो मात्र मागेको बताउनु भयो ।भुटानको चिराङ बुडीचु बाट खेदिएर नेपाल आई पुग्नु भएका गुरुङ अहिले सी १ को १४ नं. छाप्रोमा बस्नु हुन्छ । राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसीआर) २०४५ सालमा बनाएको छाप्रामा दुखले दिन कटाइरहनु भएका गुरुङ नेपालले नागरिकता दिनमा ढुक्क हुनुहुन्छ । शिविरका क्याम्प सचिव चम्पासिंह राईका अनुसार शिविरमा हाल १ हजार ४४१ जना रहेका छन् ।जसमध्ये २०४ जना शरणार्थीहरू दर्ता हुन बाँकी छन् । राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसीआर) ले सन् २०१६ को डिसेम्बर ३० सम्म प्रमाणिकरण भएका शरणार्थीहरू २०१९ को सेप्टेम्वर सम्म तेस्रो देशमा पुनर्वासको ब्यवस्था मिलाइदिएको थियो । राईका अनुसार उच्चायोगले प्रमाणिकरणको काम रोकिसकेको छ । तर, पनि भूटानी शरणार्थी बनेर अमेरिका जाने सपनामा धेरै नेपालीले विभिन्न ब्यक्तिलाई लाखौं रकम दिएको समाचार सुनेपछि आफू छक्क परेको राईको भनाई छ । उच्चायोगले भुटान फर्किन चाहने, नेपाल नै बस्न चाहने र प्रमाणिकरण हुन छुटेका शरणार्थीलाई नेपाल सरकारले नै ब्यवस्थापन गर्ने भनिसकेको छ ।
प्रकाशित मिति: २०२३-०५-२४ , समय : १२:५४:५७ , २ वर्ष अगाडि
