पार्लर तालिम सुरु

रबिन श्रेष्ठ , ३४१  पटक हेरिएको

लेटाङ, ७ जेठ । १ महिने पार्लर तालिम उद्घाटन गरिएको छ । दर्पण ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टरको आयोजनामा कोशी प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालय बिराटनगरको सहयोगमा भएको तालिममा २० जनाले तालिम लिईरहेका सेन्टरकी अध्यक्ष दमयन्ती सुब्बाले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी लेटाङ ४ का वडा अध्यक्षले मानव स्वास्थ्य संग सम्बधित ब्युटिसियन ब्यबसायले मानिसलाई सुन्दर बनाउने काम गर्ने बताउनुभयो । ठूलो संभावनाको अवशर हुने ब्यबसायको रुपमा सौन्दर्यकला ब्यबसाय पेशा रहेको उहाँले बताउनुभयो । सीप सिकेर प्रभाकारी रुपमा प्रयोग गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

बिशिस्ट अतिथी वडा नं. ३ का वडा अध्य्क्ष डम्बर बहादुर राईले विश्व भरी गर्न सकिने पेशाको रुपमा बिकास भईरहेको सौन्दर्यकला ब्यबसायलाई लेटाङमा ब्यबस्थित तरिकाले स्थापना गर्न दर्पणको भुमिका रहेको बताउनुभयो । युवालाई स्थानिय ठाउँमा स्वरोजगार बनाउन अथवा बिदेशमा समेत सम्म्मानित रुपमा काम गर्नका लागि सीप सिकाउन जरुरी रहेको बताउनुभयो । सिपलाई सबैले प्राथमिकता दिन समेत आग्रह गर्नुभयो ।
लेटाङ नगरपालिकाकि कार्यापालिका सदस्य अमिता राईले सीप बिनाको पढाई सान्दर्भिकता नहुने अवस्था रहेकाले सबैले सिपलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । सिपलाई असल तरिकाले ब्यबसायिक रुपमा प्रयोग गर्न आवश्यक रहेको धारणा राख्नुभयो । लेटाङ ३ नंबर वडा र लेटाङ नगरपालिका महिलाको क्षमता वृद्धिमा लागिरहेको समेत बताउनुभयो ।
महिला जागरण समुहकी अध्यक्ष शान्तिकला राईले महिलाहरु घरभित्र मात्र सिमित हुन नहुने र सीप सिकेर ब्यबसायि बन्नुपर्नेमा जोड दिनुभयो । कामले
प्रशिक्षक ज्योती लिम्बूले सीप बिकासका लागि संस्थाको योगदानको प्रशंसा गर्नुभयो ।
कार्यक्रमकी अध्यक्ष दमयन्ती सुब्बाले सीप सिकेर घर मै बसेर आर्थिक आर्जन गर्न सकिने भएकाले सिक्नु मात्र ठूलो नभएर प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

 

 

 

प्रकाशित मिति: २०२३-०५-२१ , समय : २०:०७:०३ , ३ वर्ष अगाडि