मोरङको भाउन्नेमा १९७४ एडी को लाईभ कन्सर्ट हुने

ईनेपालपत्र समाचारदाता , ५५४  पटक हेरिएको

बेलबारी १४ चैत । मोरङको बेलबारी १० स्थित प्रस्तावित डाँगीहाट रंगशालामा डाँगीहाट फुटबल क्लबको आयोजनामा १९७४ एडीको लाईभ कन्सर्ट हुने भएको छ ।

यहि चैत १८ गते शनिबार बेलुका मोरङ जिल्लामै पहिलोपटक सो ब्याण्डको कार्यक्रम आयोजना हुन लागेको आयोजकले बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

क्लबका अध्यक्ष छत्र लिम्बुका अनुसार खेलकुद सँगै बेलबारी नगरपालिकाको पर्यापर्यटनको बिकास र प्रचारप्रसार गर्ने ध्येयका साथ सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

अनुमानित ३१ लाख ६६ हजार खर्च हुने कार्यक्रममा बेलबारीका स्थानीय जनप्रतिनिधिहरु,बेलबारीलाई प्रतिनिधित्व गर्दै बिभिन्न स्थानमा आफुलाई स्थापित गराउन सफल ब्यत्तित्वहरुलाई सम्मानका साथ ब्याण्डको प्रस्तुति रहने क्लबका सदस्य बिशाल ढकालले बताउनुभयो।

प्रकाशित मिति: २०२३-०३-२९ , समय : १८:०८:३३ , ३ वर्ष अगाडि