८ नं. वार्ड पुर्ण खोप घोषणा

Enepalpatra , १७५  पटक हेरिएको

लेटाङ, १२ चैत । लेटाङ नगरपालिका वडा नं. ८ लाई पुर्ण खोप लगाउने वार्ड घोषणा गरिएको छ ।
आज एक कार्यक्रम आयोजना गरि पुर्ण खोप वार्ड घोषणा गरिएको हो ।

कार्यक्रमका अवशरमा स्वास्थ्य चौकी लेटाङ ८ जाँतेले चार स्वास्थ्य कर्मिलाई सम्मान समेत गरेको छ । पुर्ण खोप अभियान कार्यक्रमलाई सफल पार्न महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै स्वास्थ्य चौकिमा कार्यरत स्वास्थ्यकर्मिहरु जितमाया राई , लिला तुम्सा , रोनिस ढुङेल र राम बहादुर दर्जिलाई सम्मान गरिएको स्वास्थ्य चौकिकी प्रमुख फुलमायाँ नेपालीले बताउनुभयो ।

खोप समन्वय समिती गठन तथा पुर्ण खोप वार्ड घोषणा कार्यक्रमका अवशरमा स्वास्थ्यकर्मिहरुलाई सम्मान गरिएको हो । समन्वय समितिमा वडा अध्यक्ष संयोजक रहने गरि ११ सदस्यीय समिती गठन गरिएको छ । समितिले पुर्ण खोप अभियानमा समन्वय गर्ने छ ।
लेटाङ नगरपालिका वडा नं. ८ मा ४९ जना बालबालिका रहेकोमा सबैले पुर्ण खोप लगाएका छन । खोप लगाउनेहरुमा दलित ७ ,जनजाती ३१,मुस्लिम १ र ब्राम्हण १० जना रहेका छन । जन्मे देखि १५ महिना भित्रमा नियमित खोप लगाउदा पुर्ण खोप हुने चौकी प्रमुख नेपालीले बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०३-२६ , समय : १९:१५:१४ , १ वर्ष अगाडि