डाक्टर सुनीलकाे निशुल्क स्वास्थ्य शिविर देशभर फैलिँदै

enepalpatra , २२६  पटक हेरिएको

नोबेल शिक्षण अस्पतालसँगको सहकार्यमा आयोजित निःशुल्क एम्बुलेन्स क्याम्पमा ३२ जनाको ल्याब परीक्षण, ४१ जनाको भिडियो एक्सरे तथा ७ जनाको दाँत खोलिएको नोबेलका अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । एम्बुलेन्स क्याम्पमा नोबेलका विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श समेत दिएका थिए ।

नेपाली कांग्रेसका सांसद डा. शर्माले आफ्नो क्षेत्रका जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिन एम्बुलेन्स क्याम्प चलाएको बताए । एम्बुलेन्स क्याम्पमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, बाल रोग, स्त्री रोग, जनरल मेडिसिनका चिकित्सकहरुले बिरामी जाँच गर्ने गरेका छन् । एम्बुलेन्स क्याम्पबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी लाभान्वित भइरहेका छन् । त्यसो त डा. शर्माले आफ्नो क्षेत्रका जनतालाई सहज उपचारको व्यवस्था होस भनेर नोबेल शिक्षण अस्पतालमा ५० बेडको निःशुल्क क्याविन नै सञ्चालन गरिदिएका छन् ।

नोबेल शिक्षण अस्पतालकी प्रबन्ध निर्देशक इन्दीरा शर्माले नोबेलको स्वास्थ्य सेवा गाउँगाउँ पुर्याउन डा. शर्माको अभियानमा सहकार्य गरेको बताइन् । नोबेलले कोशी प्रदेश, मधेश प्रदेशसँगै दुर्गम कर्णाली प्रदेशमा समेत गएर निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ ।

 

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १७:५८:२८ , १ वर्ष अगाडि