हेटौंडामा केएमसीकाे निशुल्क शिविर

enepalpatra , २०१  पटक हेरिएको

काठमाडौं, ३ चैत । सिनागंगल स्थित काठमाडौं मेडिकल कलेजले बागमति प्रदेशको सदरमुकाम हेटौंडामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । केएमसीले बिहीबार हेटौडा बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

हेटौडा नगरपालिका वडा नं. ७ स्थित कार्यालयमा भएको स्वास्थ्य शिविरमा ९४२ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उक्त स्वास्थ्य शिविरमा ८९ जनाको इसिजी, १८२ जनाको भिडियो एक्सरे, १०३ जनाको ल्याब परीक्षण गरिएको छ । त्यस्तै शिविरमा आएका १७ जनाको दाँत खोलिएको तथा ५२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको जनरल मेनेजर दाहालले जनाए ।

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै केएमसीले गर्दै आएको निःशुल्क स्वास्थ्य शिविरबाट हज्जारौं जनता लाभान्वित भइरहेका छन् । केएमसीको स्वास्थ्य सेवालाई जनताका घरघर पुर्याउँन तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले निःशुल्क अभियानको थालनी गरेका हुन् । डा. शर्मा हाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएतापनि केएमसीको उनको अभियानलाई निरन्तरता दिइरहेको छ ।

 

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १४:०५:४८ , १ वर्ष अगाडि