नाेवेलकाे एम्बुलेन्स सेवा गाउँ गाउँमा ,सयाैं विरामी लाभान्वित

enepalpatra , २५५  पटक हेरिएको

twitter sharing button
sharethis sharing button

 

 

विराटनगर, २६ फागुन । सांसद डा. सुनिल शर्माको निःशुल्क एम्बुलेन्स क्याम्पबाट १४२ जना बिरामी लाभान्वित भएका छन् । शुक्रबार मोरङ क्षेत्र नं. ३ का सांसद डा. सुनिल शर्माले सुन्दरहरैंचा नगरपालिका वडा नं. १ मा सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स क्याम्पमा सो वडाका १४२ जना बिरामीको स्वास्थ्य परीक्षण गरियो ।

आफ्ना क्षेत्रका जनतालाई घरघरमै स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ मंसिर ४ गतेको आम निर्वाचनमा विजयी भएसँगै सांसद डा. शर्माले निःशुल्क एम्बुलेन्स क्याम्प सुरु गरेका थिए । शुक्रबारको एम्बुलेन्स क्याम्पमा २९ जनाको इसिजी, ४९ जनाको भिडियो एक्सरे, ३५ जनाको ल्याब परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालका अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । उक्त एम्बुलेन्स क्याम्पमा ९ जनाको दाँत समेत खोलिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत नोबेलले सांसद डा. शर्मासँगको सहकार्यमा उक्त क्षेत्रमा निःशुल्क एम्बुलेन्स क्याम्प चलाई रहेको छ । एम्बुलेन्स क्याम्पमा नोबेलका विशेषज्ञ चिकित्सकहरुले बिरामीको स्वास्थ्य जाँच गर्दछन् । सामान्य प्रकारका बिरामीहरुलाई आवश्यक परामर्श सहित निःशुल्क औषधीसमेत दिइने गरिएको छ । भने, जटिल प्रकारका बिरामीलाई विराटनगर स्थित नोबेल अस्पताल ल्याएर उपचार गर्ने गरिएको नोबेलकी प्रबन्ध निर्देशक इन्दीरा शर्माले जानकारी दिइन् ।

त्यसो त, सांसद डा. शर्माले आफ्ना क्षेत्रका जनताका लागि नोबेलकै ५० बेडको निःशुल्क क्याविनपनि सञ्चालन गरिदिएका छन् । राज्यले जनतालाई सर्वसुलभ स्वास्थ्योपचारको व्यवस्था गर्नुपर्नेमा खासै चासो नदिँदा डा. शर्माले भने व्यक्तिगत रुपमा आफ्नो क्षेत्रका जनतालाई घरघरमै स्वास्थ्य सेवा पुर्याईरहेका छन् ।



प्रकाशित मिति: २०२३-०३-११ , समय : ०७:०३:५९ , १ वर्ष अगाडि