१ हजार ८२५ जनाकाे निशुल्क उपचार

नाेवेलकाे निशुल्क स्वास्थ्य शिविर कालिकाेटमा

enepalpatra , २०३  पटक हेरिएको

सुर्खेत १३ फागुन  । काठमाडौं मेडिकल कलेजको सहयोगमा कालिकोटको सदरमुकाम मान्म बजारमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । कर्णाली हेल्थ कियर फाउण्डेशन कालिकोटको आयोजना तथा काठ्माण्डौ मेडिकल कलेजको सहयोगमा मान्ममा दुई दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।

काठमाण्डौ मेडिकल कलेजका संचालक शुनिल शर्माको नेतृत्वमा १८ जना बिशषेज्ञ डाक्टरहरु सहित कालिकोट आएर शिविर संचालन गरिएको शिविर व्यवस्थापक प्रमबहादुर शाहीले बताउनु भयो  । उहाँका अनुसार दुई दिने शिविरमा १ हजार ८ सय २५ जना बिरामीहरुले सेवा पाएका छन् । गम्भीर प्रकृतिका ७५ जना बिरामीहरुलाई काठमाण्डौ मेडिकल कलेजमा निशुल्क उपचार गर्नका लागि रिफर गरिएको छ ।

बाँकी सबै बिरामीहरु शिविरमा उपचार गराएर घर फर्किएका छन् । शिविरमा बिशेषगरी पेट, ढाँड, नाककान घाँटी, मुटु, आँखा, महिलाहरुको पाठ्यघर सम्बन्धि समस्या जस्ता बिरामीहरुले सेवा लिएका छन् ।

काठमाण्डौ मेडिकल बलेजका संचालक डा. शुनिल शर्माले आफुहरुले दुर्गमका नागरिकहरुलाई बिशषेज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले अछाम र कालिकोटका नागरिकहरुलाई लक्षित गर्दै अछामको पंचदेवल नगरपालिका र कालिकोटको सदरमुकाम मान्ममा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे , नोबेल मेडिकल कलेज बिराटनगर र काठमाडाैं मेडिकल कलेजले हरेक बर्ष मुलुकका दुर्गम जिल्लाहरुमा निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएको छ । त्यसैको निरन्तरता पनि हो । हाम्रो शिविरमा आएर सेवा लिएका विपन्न नागरिकहरुलाई थप उपचार गर्नु परे पनि काठ्माण्डौ वा बिराटनगर पाईक पर्ने मेडिकल कलेजमा ल्याएर निशुल्क उपचार गरी पठाउँदै आएका छौँ ।

कालिकोटमा संचालित यस बर्षको शिविरमा ७५ जनालाई काठमाण्डौ बोलाएर उपचार गर्नुपर्ने समस्या देखिएपछि यहाँ आउन आग्रह गरेका छौँ ।

दुर्गम जिल्लाहरुमा बिशषेज्ञ डाक्टरहरुबाट सेवा पाउनबाट बन्चित नागरिकहरुलाई बिशषेज्ञ स्वास्थ्य सेवा सहितको निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएका छौँ । डा.शर्माले, आगामी बर्षहरुमा पनि स्थानीय सरकारहरुसँग समन्वय गरेर थप सेवा सहितको शिविर आयोजना गर्ने बताउनुभयो ।

स्थानीय सरकारले हामीलाई शिविर संचालन गर्ने स्थान र कस्ता समस्याका बिरामीहरु बढी आउछन भन्ने बिषयमा पुर्व जानकारी गराएपछि त्यस अनुसार तयारी गछौँ । हामीले सेवा र औषधिहरु पनि निशुल्क उपलब्ध गराउछाैं ।

प्रकाशित मिति: २०२३-०२-२६ , समय : ०९:४७:२९ , १ वर्ष अगाडि