चर्चित गायक रामकृष्ण ढकालको सम्बन्ध विच्छेद

Enepal Patra Pvt. Ltd. , ५९३  पटक हेरिएको

काठमाडौँ ९ पुस । चर्चित गायक रामकृष्ण ढकालको पत्नी निलम शाहसँग सम्बन्ध विच्छेद भएको छ । रामकृष्ण र निलमले बुधबार जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन् । मंगलबार निलमले अदालतमा सम्बन्ध विच्छेद गरी पाऊँ भनी निवदेन दिएकी थिइन् ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार उनीहरु कानुनी रुपमा नै अलग हुन सहमत भएका हुन्। न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार पेस भएको निवदेनउपर सुनुवाई गर्दै दुवैलाई सहमतिमा अलग हुने फैसला सुनाएको हो। निलमले मंगलबार निवदेन दिएपछि बुधबार रामकृष्णले पनि आफू सम्बन्ध विच्छेद गर्न सहमत भएको अदालतलाई बताएका थिए।

प्रकाशित मिति: २०१९-१२-२५ , समय : १८:३९:०१ , ४ वर्ष अगाडि