छोराले कुटाई बाट बुबाको मृत्यु

ईनेपालपत्र समाचारदाता , १४३  पटक हेरिएको

संखुवासभा, १५ माघ।संखुवासभाको भोटखोला गाउँपालिका-५ का ७३ बर्षीय गोठे राईको कुटपिटबाट मृत्यु भएको छ ।

बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा निजकै छोरा प्रेम कुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत शुक्रवार राती ११ बजेको समयमा बाबु छोरा बिच घरायसी बिषयमा सामान्य बादबिबाद भएको र बादबिबादकै क्रममा छोराले बुबालाई लाठीले कुटपिट गर्दा घाईते भएका गोठेलाई उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

छोराको कुटपिटको कारण बुबाको मृत्यु भएको भन्ने सूचना पाए संगै प्रहरी चौकी स्याक्सिलागोलाबाट खटिएको प्रहरी टोलीले प्रेम कुमार राईलाई पक्राउ गरेको हो ।

हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०१-२९ , समय : १२:५१:०९ , १ वर्ष अगाडि