मुक्कुमलुङ अतिक्रमणको कथा र केबलकारको चिरफारः नन्द कन्दङवा

हाम्रो समाचारदाता , ३०२  पटक हेरिएको

के हो मुक्कुमलुङ ?
मुक्कुमलुङ उर्फ कथित पाथीभरा अहिले सबै जनसमुदायको तिर्थ स्थल भए पनि यो लिम्बु समुदायको परापुर्वकालदेखि आध्यात्मिक आस्थाको पवित्र मुन्धुमी स्थल हो । कुनै पनि मानव समुहको लागी आध्यात्मीक, भौतिक, सामाजिक तथा सांस्कृतिक हिसावले बिशेष अर्थ राख्ने र बिशेष महत्व राख्ने आध्यात्मीक स्थललाई आध्यात्मीक आस्थाको स्थल ९क्बअचभम कष्तभ० भनिन्छ । लिम्बु भाषामा मुक्कुम भन्ेको शक्ति वा अग्नि र लुङ भनेको ढुंगा वा चट्टानहो । यसको अर्थ शक्ति भएको ढुंगा भन्ने अर्थ लाग्छ । यसमा पुजाआजा गरि बल मागेमा चिताएको कुरा पुग्छ भन्ने प्रमाणीत विश्वास रहेको छ । यस क्षेत्रमा लिम्बु समुदायको ईष्टदेवी यूमा अल्पिएको स्थान हो भन्ने कहावत छ । लिम्बु समुदायको मुन्धुममा मुक्कुमलुङ भनेर बर्णन गरिने यो स्थललाई लिम्बुवानमा १८ औ शताव्दीको उत्तरार्धमा बाहिरीयहरु आउनु अघि र पछि पनि यसलाई मुक्कुमलुङ भन्ने प्रचलन थियो ।

मुक्कुमलुङ आध्यात्मिक विश्वासको हिसावले एकदमै शक्तिशाली छ । यस्को लागि नराम्रो चिताए, यसलाई बिकृत गर्ने योजना तथा बिचार बनाए, यहा फोहोर गरिए र अन्य खाले गतिविधी गरिए अनिष्ट हुन्छ र यस शक्तिले दण्डित गर्दछ भन्ने आम जनसमुदायमा विश्वास छ । यसको परिणाम स्वरुप बाडी, पहिरो, दुर्घटना तथा आगलागी आदीले धनजनको क्षति हुन्छ भन्ने भनाई रहेको छ । आम जनसमुदायमा रहेको यस्तो आध्यात्मिक विश्वासलाई समय समयमा यस क्षेत्रमा घटेका अनिष्टकारी घट्नाहरुले हो कि भन्ने विश्वास दिलाएको छ । मन्त्रि रविन्द्र अधिकारी र आङछिरीङको हेली दुर्घटना, दोभान आगलागी, केबलकारका लागी काम गर्ने कथित पाथीभरा बिकास समितिका पुर्व अध्यक्षको अनायास मृत्यु, मुक्कुमलुङलाई दुत्कार्ने तथा अपहेलना गर्नेहरुको अनायास मृत्यु, धेरै पहिले गएको नाङखोल्याङको पहिरो, तमोरखोला पट्टिको पहिरो, महामारी आदी घट्नाहरुलाई आध्यात्मिकतामा विश्वास गर्नेहरुले यहि शक्ति र विश्वाससंग जोडेर हेर्ने गर्दछन् । यहा आएर दर्शन र भाकल पुरा गर्नेहरुलाई फलिफाप भएको कयौ उदाहरण भएको पनि यस्तै विश्वासीहरु कुरा गर्दछन । यसैले, मुक्कुमलुङ डाडामा जान नपर्ने गरि विभिन्न स्थानहरुमा यसको प्रतिस्थापन गरि पुजाआजा गर्ने चलन बढ्दो अवस्थामा छ ।

कहिलेदेखि पाथीभरा भयो ?
लिम्बुवानमा संस्कृतकरण खस नेपालीकरण १८ औ शताव्दीको उत्तरार्धमा शुरु भयो । ईस्वीको १६औ शताव्दीमा लिम्बुवान बिजयपुर राज्य अन्तर्गत रहन पुग्दा राज्य तहको लिखतहरुमा मैथिल भाषा र देवनागरि लिपी प्रयोग हुन थालेपछि संस्कृतकरणले प्रबेश पायो । १८ औ शताव्दीको उत्तरार्धमा कान्तिपुर नेपाल र लिम्बुवान बीच सन्धि भएर लिम्बुवान नेपालमा सामेल भए पछि संस्कृत सभ्यताका बाहिरीय समुदायहरु लिम्बुवानमा ह्वार ह्वारती आए । त्यस पछि संस्कृतकरणले तिब्रता पायो । त्यसको धेरै पछि पाथी जस्तो आकार भएको पर्वत डाडा भएकोले संस्कृत सभ्यताका मानिसहरुले मुक्कुमलुङलाई पाथीभरा भन्न थाले । राज्य संरक्षित पर्वते नेपाली भाषा लिम्बुवानमा थोपरिए पछि यो नाम झन प्रचलनमा आयो । त्यसैले, कथित पाथीभरा नाम त लिम्बुवानमा संस्कृतकरण संगसंगै बि।सं १८३१ पछी मात्र भन्न थालिएको हो । २, ३ सय बर्षको अन्तरालमा संस्कृतकरण भएको ८, १० पुस्ता बितीसके पछिका सन्तानहरुले मुक्कुमलुङ नाम बिर्सदै जानु र कथित पाथीभरा मात्र भन्ने प्रचलन बस्नु स्वभाविक छ ।

मुक्कुमलुङ माङशक्ति बि.सं. २०४०÷२०५० साल भन्दा अघिसम्म प्रकृतिकरुपमा बनेको ढुंगाको ओडार भित्र प्रतिस्थापन थियो । म ११ बर्षको उमेर हुदा बि.सं. २०२४ तिर मुक्कुमलुङ जादा त्यहि ओडारभित्र प्रतिस्थापन गरिएका ढुंगाका देवता (आध्यात्मिक शक्ति) लाई दर्शन गरेको, फेदीको ओडारदेखि माथी मुक्क्मलुङसम्म धागो टागिएकोर चढाईएाको पैसा तथा त्रिसुलहरु यत्र तत्र भएको सम्झना छ । त्यहि सागुरो सानो ढुंगाको ओडार भित्र पुजा गर्ने प्रचलन थियो । उक्त समयमा तल्लो फेदी र माथिल्लो फेदी भन्ने स्थानहरुमा तलदेखि माथीसम्म १, २ वटा गोठदेखि बाहेक कुुनै घरहरु थिएनन ।ओडार र गोठमा बास बस्नु पर्दथियो । बि।सं। २०२४ सालसम्म मुक्कुमलुङ थाप्लामा एउटा पाटी मात्र थियो । पानी पनि दाउरा खोजी आगो बालेर हिउ पगालेर पानी तथा खाजा र भोग दिएर मारिएको बोकाको मासु पोलेर पकाएर खान दिएको सम्झना छ । त्यहा भोग दिएको बोकाको मासु तमोर खोला (तेमतेम्वा) कटाउन हुदैन भन्ने हाम्रोतिर (तमोर नदी पार) का मानिसहरुमा विश्वास थियो । उक्त पुजा गरिएको बोकाको मासु तमोर नदी पार गर्नु अघि नै खाएर या बाडेर सिध्याउनु पर्दथियो । किन त्यसो गरिएको हो भन्ने बारेको कथा या कहावत विश्वास भने सुन्न पाईएन । त्यहा चढाईएको पैसा ल्याए अनिष्ट हुने, परिवारमा जीउ ज्यान तलमाथी हुने, हानी नोक्सानी हुने, रोग व्याध, प्रकोपले सताउने भन्ने भनाई थियो । बि।सं। २०५८ सालमा हिन्दु देवी भगवतीको मुर्ती राख्ने क्रममा उक्त मुक्कुमलुङ माङ (शक्ति) प्रतिस्थापन भएको ढुंगाको ओडारलाई गारो लगाएर पुरी त्यसमाथी भगवतीको प्रतिमा राख्ने काम भएको रहेछ भन्ने कुरा बि।सं। २०७८ सालमा मुक्कुमलुङमा जादा थाहा भयो । त्यस समययता नाम संस्कृतकरण नेपालीकरण भएको कथित पाथीभरा शक्तिपिठ हिन्दुकरण हुन पुग्यो ।

मुक्कुमलुङमा केबलकारको कथा
यस मुक्कुमलुङमालाई दर्शन गर्नेहरुको चाप बढे पछि भेटी पैसा तथा देवस्थल व्यवस्थापन हुन थाल्यो होला भन्ने अनुमान हुन्छ । तिथी मिति थाहा नभएकोले त्यसपछि विभिन्न व्यवस्थापनका संरचनाहरु बने होलान भनेर भन्नु पर्ने हुन्छ । कथित पाथीभरा मन्दिर तथा भेटी रकम व्यवस्थापन समिति, बि.सं. २०५३ सालमा सरकारले बनाएको पाथीभरा बिकास समिति आदी मुक्कुमलुङमाथीको हस्तक्षेप र अतिक्रमणका प्रमाणीक कामहरु हुन । पछिल्लो समयमा त्यहा केही भौतिक संरचनाहरु बनेका छन् । यहि क्रममा तिर्थ यात्री तथा दर्शन गर्न आउनेहरुलाई सेवाको नाम भजाएर पैसा कमाउने खेति गर्ने व्यापारीहरु केबलकारको योजना लिएर आएका छन् । उक्त पवित्र आस्थाको क्षेत्रमा अनैतिक र बिसंतिपुर्ण मानव गतिविधी गर्न हुन्न भन्ने मुन्धुमी, सांस्कृतिक र आध्यात्मिक मुल्य र मान्यताको बिरुद्धमा पैसाको व्यापार गर्न आएको केबलकार योजनाको कथा पनि बुझ्न आवश्यक छ ।

यस योजनाले गरेको प्रारम्भीक वातावरण परिक्षण (जाच) ले दिएको जानकारी प्रतिवेदन अनुसार २.७ किलोमिटर लामो केबलकारको तल्लो स्टेसन तल्लो फेदि भनिएको काफ्लेपाटीदेखि अलि तल पर दधेल्लेमा रहन्छ र माथील्लो स्टेसन मुक्कुमलुङ शक्ति परिसर नजिकैको थाप्लोमा रहन्छ । समुन्द्रको सतहदेखि २७१५ मिटर उचाईमा रहेको तल्लो स्टेसनमा यसले २९.८ रोपनी ९१.५२ हेक्टर जमिन ओगट्छ भने ३७९२.०८ मिटर उचाईमा रहेको माथील्लो स्टेसन थाप्लोमा १० रोपनी ९०.६१ हेक्टर० जमिन ओगट्छ । तल्लो स्टेसन रहने जमिन निजी जमिन र माथिल्लो स्टेसनको जमिन सरकारी जमिन हो । यसले करिव १०० रोपनी वन क्षेत्रको जमिन ओगट्छ । यस योजनाले जम्मा १०,२३१ वटा रुख बोट बिरुवा फडानी गर्छ । ति मध्ये ६,६२१ वटा स–साना बोट बिरुवा, २९९५ वटा अलि ठुला बुट्यानहरु, ५०३ वटा पोल आकारका बोट बिरुवाहरु र ११२ वटा ठुला रुखहरु पर्दछन भने अधिकांश बोट बिरुवाहरु मुन्धुमी, सांस्कृतिक, सामाजिक र राष्ट्रिय महत्वका छन । यसको नाममा हजारौ बर्ष पुराना मुल्यवान मुन्धुमी र सांस्कृतिक साम्माङ सिंङ, पेरेमसिङ, ताक्पेत्ला सिङका रुख बोट बिरुवाहरु काट्नको लागी छपान गरिएको छ । यि रुख बोट बिरुवाहरु केबलकारको लागी गरिएको प्रारम्भिक वातावरण परिक्षणको प्रतिवेदनमा छैन । त्यस प्रतिवेनदमाअंगेरी, चिमल, असारे, चिंगुरे, खवासे, खराने, खोल्मे, लालीगुरास, हाक्तिपाईले, लेक मलातो, नासी, पोतिङगो, भालुचिण्डे लगायत अन्य जातका बोट बिरुवा तथा रुखहरु उल्लेख छन ।

केबलकारसंग जोडिएको भ्रष्टाचारको कथा
यस योजनामा करोडौ रुपैयाको चलखेल, भ्रष्टाचार, अनियमितता भएको छ । नाफा राख्ने चक्करमा २५ लाखपर्ने २९ रोपनी जमिनलाई २५ करोड मोल बनाएर किन्ने र पास गर्ने काम भएको छ । यसमा मालपोतका कर्मचारीदेखि केबलकारमा संलग्नयति समुह÷कम्पनी, केबलकार प्रा.ली. लगायतका राजनीतिक मानिसहरुको चलखेल र अनियमितता रहेको बताईएको छ । यस बाहेक निर्माण लाईसेन्स दिने फुुङलिङ नगरपालीकापनि यस भ्रष्टाचार, चलखेल र अनियमिततामा जोडिएको छ भन्ने स्थानियको दावी रहेको छ । यस्तो भ्रष्टाचार र अनियमिततालाई सम्बन्धित पक्षले छानविन गर्न आवश्यक छ ।

केबलकार योजनाको प्रारम्भीक वातावरण जाचको कथा
यस परियोजनाको प्रारम्भीक जाचले यस परियोजनाले पार्ने गम्भिर प्रकारका नकारात्मक प्रभावको तथ्यांक ल्याएको छैन र बिश्लेषण गरेको छैन । सामान्यखाले नकारात्मक प्रभाव मात्र उल्लेख गरेको छ । सामान्यतया जाच गर्ने टिमले जाच गराउने पक्षको स्वार्थ अनुसार जाच प्रतिवेदन बनाउछन । यहा पनि त्यस्तै देखिएको छ । यसले उल्लेख गरेको नकारात्मक प्रभाव निर्माण चरणमा बाहिरीय कामदार आउदा स्थानियसंग द्धण्द्ध हुने, निर्माण स्थलमा दुर्घटना हुने, वरिपरीको वातावरण बिग्रीने, दुषित हुने र नजिकैका जनसमुदायमा स्वास्थ्यको समस्याहरु आउने, फोहोर तथा खेरो गएका बस्तुहरुको थुप्रो लाग्न सक्ने, परियोजनाको निर्माण सामाग्री र यसले थुपार्ने माटोहरुले खोला नालामा असर गर्ने, ठुलठुला सरसामानहरुको आवत जावतले वरिपरीको स्थानमा कम्पन हुने, हल्ला भएर ध्वनी प्रदुषण हुने, निर्माण सामाग्री सम्बन्धीका तेल, ग्रिज आदी चुहिएर र खन्दा तथा मरमत गर्दा प्रतिकुल स्थिति सिर्जना हुने, ११२ वटा रुखहरु हट्ने जस्ता नकारात्मक प्रभावको आंकलन गरेको छ । त्यस्तै केबलकार सन्चालनको चरणमा मानिसको आवतजावत बढ्ने, दबाव बढ्ने, सुरक्षा चुनौति थपिने, फोहोर बढ्ने र पानी तथा अन्य सामाग्रीहरुको अभाब बढ्ने आंकलन गरेको छ ।

यि सामान्य र मझौला खाले नकारात्मक प्रभाव हुन । यस परियोजनाले ल्याउने गम्भिरखाले नकारात्मक प्रभावको यसले आंकलन गरेको छैन । गम्भिरखाले नकारात्मक प्रभावमा १०,२३१ वटा रुख तथा बुट्यानहरुको कटाई र फडानीले ठाडो भिरालो जमिन सतहमा बर्षाको समयमा बाढी पहिरो जाने र सो स्थान भन्दा तल रहेका खेत बाली, गोठ तथा धनजनको क्षति हुन्छ । हाल ६००को संख्यामा रहेका तिर्थ यात्रीहरुकासहयोगीहरुको रोजगारी जान्छ । माथिल्लो फेदीदेखि तल्लो फेदी ९काफ्लेपाटी० सम्मका करिव ३(४ सय व्यापारी तथा घर परिवारहरु बिस्थापनमा पर्छन । व्यापार सुक्छ र त्यसबाट करिव ८(१० हजार जनसंख्याले जीवन यापनमा समस्या झेल्नु पर्ने हुन्छ । एकैदिनमा आवत जावत गरि होटलहरुमा मानिसहरु नबस्ने भएकोले स्थानिय कृषकहरुको उत्पादन सागसव्जी, तरकारी, फलफुल र अन्न बेचबिखन तथा खपतमा करिव ४० प्रतिशतले कमि आउछ र कृषकहरुको आयमा प्रतिकुल असर पार्छ । होटल व्यावसायमा करिव ६० प्रतिशतले क्षति पुग्छ । एकदिने मानिसहरुको आवत जावतले वरीपरिको वातावरणमा प्रतिकुल प्रभाव पार्ने, स्थानिय सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गम्भिर असर गर्ने, बिकृति बिसंगतिहरु बढ्ने जस्ता गम्भिर प्रकारका प्रभाव हुनेछन् ।

ताप्लेजुङका जनसमुदायलाई लालीपप प्रचारको कथा
यस केबलकार योजनावाला व्यापारीहरुले केबलकार योजना सफल बनाउन ताप्लेजुङका जनसमुदायमा मिठो मिठो लालीपप प्रचार गरेका छन । केबलकार निर्माण्को कारण पर्यटकहरु बढ्ने र बिक्री बितरण बढ्ने प्रचार गरिएको छ । यसरी नै केबलकारको शेयर ३५ वडावासीलाई र ७५ शेयर ताप्लेजुङवासीलाई दिने, तल्लो स्टेसनमा माथिल्लो फेदीबाट बिस्थापन हुने व्यापारीहरुलाई व्यापारिक कम्प्लेक्स निर्माण गरि एडजस्ट गर्ने, स्थानियले रोजगारी पाउने, स्थानिय तहका वडाहरुलाई बिकास बजेट बिनीयोजन गर्ने जस्ता प्रचार गरिएको छ ।

यथार्थततामा मुक्कुमलुङमा दर्शन र पुजाआजा गर्न आउने तिर्थयात्रीहरुदेखि बाहेक अन्य पर्यटकहरु ५–७ ५ मात्र बढ्न सक्छन् । यस संख्याले केबलकारवालाहरुलाई मात्र फाईदा दिन्छ । यसले स्थानिय बजार तथा समुुदायलाई बेफाईदा गराउछ । केबलकार भए पछि पर्यटक तथा तिर्थयात्रीहरु फुङलिङ बजार र स्थानिय बजारमा बस्दैनन् दर्शन गरेर फर्कन भ्याउछन् । नबस्ने भए पछि तिनले प्रयोग गर्ने सामान, खाने बस्ने र अन्य सामाग्री बेचबिखनमा अहिलेको तुलनामा ४० प्रतिशत भन्दा बढीले कमि आउछ । यसले स्थानिय कृषक तथा साना व्यापारी र होटल व्यवसायीहरुलाई सुकाउदै लैजान्छ र उनीहरुको आयमा चुनौति थप्दै जीवन यापनमा थप समस्या बनाउछ । जहासम्म ३५ वडावासीलाई र ७५ शेयर ताप्लेजुङवासीलाई दिने कुरा छ त्यसले पनि पैसा लगानी गर्न सक्ने केही पैसावाल धनिमानीहरुलाई अलि अलि फाईदा दिन्छ तर अरुलाई केही फाईदा हुन्न । यो शेयर भनेको पनि ९१० केबलकारवालाहरुले थोरैमा किनेको जमिनलाई बढी मुल्यान्कन गरि बढाएर गरिएको करोडौ लगानी उठाउन र क्षतिपुर्ती गर्नका लागी हो । ९२० परियोजनामा जम्मा लगानी भएको लागतलाई पहिले उठाईन्छ र त्यसपछि मात्र शेयरवालाहरुलाई फाईदा दिईन्छ । ९३० सबै हिसाव किताव गर्दा शेयर लगाएको रकमको व्याज जस्तो मात्र फाईदा हुन्छ । जम्मा १०५ ९३५ वडावासी र ७५ जिल्लावासीलाई० शेयर दिएर ९०५ को फाईदा केबलकार व्यापारीवालाहरुले नै पाउछन् । यो केराको बोक्रो अरुलाई देखाएर गुदी चाही तिनै व्यापारीहरुले खाने जस्तै हो ।

जहासम्म तल्लो स्टेसनमा माथिल्लो फेदीबाट बिस्थापन हुने व्यापारीहरुलाई व्यापारिक कम्प्लेक्स निर्माण गरि एडजस्ट गर्ने प्रचार छ त्यो एक भ्रमपुर्ण सपना हो । धेरै लागत लाग्ने त्यस्तो कम्प्लेक्स बनि हाले पनि त्यहा व्यापारीहरुले महंगो भाडा तिर्नु पर्ने हुन्छ । त्यो पनि व्यापारको विविधता भएका सबै खाले व्यापारीहरुलाई समेट्न सक्ने अवस्था रहदैन । यस्तै स्थानियले रोजगारी पाउने भन्ने जुन प्रचार छ त्यहा सबै प्रकारका रोजगारीलाई लिदा जम्मा जम्मी १०० जनाले रोजगारी पाउछन जब कि अहिलेका ६०० भन्दा बढी तिर्थयात्री सहयोगीहरुको रोजगारी गुम्छ । यस्तै अर्को एउटा लालीपप स्थानिय तहका वडाहरुलाई बिकास बजेट बिनीयोजन गर्ने भन्ने रहेको छ । यो चरालाई चारो हालेर जालमा पार्ने उपाय मात्र हो । व्यापारी कम्पनीका मानिसहरुले १०÷२० हजार रुपैया बजेट बिनीयोजन गरेर करोडौ अरबौ कुम्ल्याउने दाउ मात्र हो । नाफाबाट यस्तो बजेट बिनीयोजन गर्न उक्त केबरकार सेवा त्यहाको समुदाय र वडाहरुको स्वामित्व र नियन्त्रणमा रहनु पर्ने हुन्छ र दिर्घकालीनरुपको सम्झौता हुनु पर्ने हुन्छ । यि सबै आफ्नो स्वार्थ सिद्धीको लागी काम फत्ते गर्ने लालीपपका प्रचारहरु हुन । यो कुरा सबै जनसमुदायले बुझ्न जरुरी छ ।

मुक्कुमलुङको लडाई
मुक्कुमलुङको मौलिक पहिचानलाई संस्कृतकरण गरि पाथीभरा बनाएसंगै लिम्बु समुदायले असहमति र बिरोध जनाउदै आएको छ । समुदायको जनजिब्रोमा दुबै नाम मुक्कुमलुङ र पाथीभरा रहिआएको थियो । तर राज्य सरकारले बि।सं। २०५३ सालमा पाथीभरा बिकास समिति निर्माण गरि सोही सालदेखि यस मुक्कुमलुङको पहिचानलाई संस्कृतकरण गरि पाथीभरा घोषणा गर्न पुग्यो । यसमा लिम्बु समुदायले असहति र बिरोध जनाई आएको छ । त्यसपछि राज्य सरकारले बि।सं। २०५८ सालमा कथित पाथीभरालाई हिन्दुकरण गर्न हिन्दु देवी भगवतीको प्रतिमुर्ती राख्न सहयोग गरेर हिन्दुकरण गर्न पुग्यो । त्यसको पनि लिम्बु समुदायले असहति जाहेर गर्दै र बिरोध गरि आएको छ । यतिखेर राज्य सरकारले निजी क्षेत्रकापुंजीपति व्यापारीहरुलाई कथित पाथीभरामा पर्यटक भित्र्याउन र २÷४ व्यापारीहरुलाई पोस्न केबलकार निर्माण गर्ने योजनाबाट मुक्कुमलुङ क्षेत्रलाई अतिक्रमण गर्न खोजिरहेको स्थिति छ । यसको बिरुद्धमा स्थानिय समुदाय सहित लिम्बु समुदाय बिरोधमा आन्दोलन गरिरहेको छ ।

लिम्बु तथा स्थानिय समुदायको मुद्धा र दावी
के हो त यसरी आन्दोलन गर्नुको मुख्य उदेश्य भन्ने कुरा बुझ्न आवश्यक छ । यस आन्दोलनको केही दावी सहित मुद्धाहरु छन । दावीमा मुख्य कुरा मुक्कुमलुङ परापुर्वकालदेखि रहिआएको आध्यात्मिक आस्थाको पवित्र मुन्धुमी स्थल हो र सो क्षेत्र आदिवासी लिम्बु समुदायको परम्परागत प्रथाजनित पुख्र्यौली भूमी क्षेत्र हो । यसको नियन्त्रण, स्वामित्व, व्यवस्थापन र बिकासको कुरा अन्तर्राष्ट्रिय कानून अनुसार हुनु पर्छ ।

यस आन्दोलनको प्रमुख मुद्धाहरु?
९१०यस्को नाम आधिकारीकरुपमा मुक्कुमलुङ हुनु पर्छ । राज्य सरकारले बि.सं. २०५३ मा पाथीभरा बिकास समिति घोषणा गरेकोलाई खारेज गरि जनस्तरबाट बनेको मुक्कुमलुङ संरक्षण तथा बिकास समितिलाई मान्यता दिनु पर्छ र
९२० यस क्षेत्रमा वातावरण र पर्यावरणलाई प्रतिकूल असर गर्ने र मुन्धुमी तथा सांस्कृतिक मुन्य मान्यता बिपरित निर्माण कार्य तथा अन्य गतिविधी गरिनु हुदैन भन्ने रहेको छ ।
९३० राज्य सरकारबाट संरक्षित केबलकार निर्माणको प्रकृया तथा कार्य तुरुन्त रोकिनु पर्दछ भन्ने यस आन्दोलनको मुद्धा रहेको छ ।
९४० मुक्कुमलुङ क्षेत्रमा कुनै पनि निर्माण या अन्य खाले कार्य गर्न त्यसका अधिकारवाला र स्थानिय समुदायसंग अग्रिम जानकारी सहितको स्वतन्त्र मन्जुरी लिईनु पर्दछ भन्ने यसको कुरा रहेको छ ।

लेखक, नन्द कन्दङ्वा लिम्बू थरगत (याक्थुङ सयङ) सहजीकरण समुहका केन्द्रीय संयोजक हुन् ।

milstonekhabar बाट

प्रकाशित मिति: २०२३-०१-१८ , समय : १२:३२:०० , १ वर्ष अगाडि