फिजियोथेरापी सेवाको मेयर द्वारा उद्घाटन

ईनेपालपत्र समाचारदाता , १५८  पटक हेरिएको

बिराटनगर ,२ माघ २०७९ । ज्येष्ठ नागरिकहरुका लागि नेपाल ग्रामीण विकास समाज केन्द्रले निःशुल्क सञ्चालनमा ल्याएको फिजियोथेरापी सेवाको विराटनगर महानगरक मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो ।

समाजका अध्यक्ष मणिकुमार अज्र्यालको अध्यक्षतामा भएको कार्यक्रममा मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, विराटनगर–११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, अर्थशास्त्री डा. भेषप्रसाद धमला, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, गैसस मोरङकी अध्यक्ष विष्णु शर्मा, समाजसेवी मीना जोशी, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश–१ का प्रमुख पवनकुमार भट्टलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न व्यक्ति र संस्थालाई केन्द्रले सम्मानसमेत गरेको थियो ।

प्रकाशित मिति: २०२३-०१-१६ , समय : १९:५७:४९ , १ वर्ष अगाडि