ईनेपालपत्र समाचारदाता , ३७३ पटक हेरिएको
उर्लाबारी, २४ पुस । नेपाली काँग्रेस मोरङको सल्लाकार सदस्यमा काँग्रेस नेतृ सीता कार्की मनोनित हुनुभएको छ ।
नेपाली कांग्रेसको विधान २०१७ आठौं संसोधित विधान बमोजिम उर्लाबारी ७ बस्ने कार्कीलाई सल्लाकार सदस्यमा मनोनित गरिएको हो ।नेपाल महिला संघकी केन्द्रीय सदस्यसमेत भइसक्नु भएकी कार्की सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशिल रहँदै आउनुभएको छ ।
२०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा उर्लाबारी नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बन्दै झिनो मतले पराजित बन्नु भएको थियो स्थानीय तहको निर्वाचनमा पराजित भएपनि कार्की निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको छ ।
प्रकाशित मिति: २०२३-०१-०८ , समय : ०७:५०:२९ , ३ वर्ष अगाडि