सहकारी बरदान सावित

ईनेपालपत्र समाचारदाता , २०४  पटक हेरिएको

बेलबारी २३ पुस । चर्को ब्याजदरमा साहुबाट ऋण लिएर आर्जित बनेका बिपन्न र न्युन आय भएका ऋणीहरुलाई सहकारी बरदान सावित भएको बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले बताएका छन ।
मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको न्यू जनएकता बचत तथा ऋण सहकारी संस्था लि. को १७ औँ बार्षिक साधारणसभामा प्रमुख अतिथिका रुपमा सहभागी भएका राईले हिजोका दिनमा ५ रुपैया ब्याजमा ऋण लिएर ढाड सेकिएका ऋणीहरुलाई सहकारीको स्थापना सँगै सहज भएको र कम ब्याजदरमा ऋण पाउँदा सहज भएको उल्लेख गरे ।
सहकारी निति र नियमको उचित पालना नहुँदा र अनुगमन प्रभावकारी नहुँदा सहकारीबाट ठगिनेको संख्या समेत बढेको भन्दै उनले त्यस्ता सहकारीबाट सचेत रहन समेत आग्रह गरे । सहकारीको नियमन र अनुगमनमा समेत ध्यान दिनुपर्ने कुरामा उनले जोड दिए । कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोईराला) ले सहकारी संस्थाहरु जनमुखी बन्नुपर्ने र बिपन्न बर्गको पहुँचमा पुग्नुपर्नेमा जोड दिईन ।
कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा सहभागी जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोईरालाले सहकारी बैँक जस्तो भएर सञ्चालन हुनुभन्दा पनि सहकारी जस्तै भएर सञ्चालन हुनुपर्नेमा वजोड दिए । उनले बैँक भन्दा ठुला सहकारीहरुले सहकारी नै भएर सेवा दिईरहेको बिषय उल्लेख गर्दै बैँक भन्दा सहकारी अब्बल रहेको बताए । उनले सहकारीहरुको एकीकरणमा समेत जोड दिए ।
कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष शालिकराम बस्नेत,११ का वडाध्यक्ष बिक्रम राई, शिक्षक महासंघ बेलबारीका अध्यक्ष गोबिन्द भण्डारीले समेत सहकारी संस्थाहरुको समाजमा खेलिरहेको सकरात्मक भुमिकाको प्रशंषा गरेका थिए । संस्था अध्यक्ष जगत बहादुर बस्नेतको अध्यक्षता,उपाध्यक्ष बलबहादुर मगरको स्वागत मनतब्यमा भएको कार्यक्रममा बिभिन्न समिित र उपसमितिहरुले तयार पारेको प्रतिबेदनहरु प्रस्तुत गरि पारित गरिएको थियो । संस्थामा ३ हजार भन्दा बढी सदस्यहरु रहेका छन ।

प्रकाशित मिति: २०२३-०१-०७ , समय : १८:०५:३१ , २ वर्ष अगाडि