ईनेपालपत्र समाचारदाता , ३५० पटक हेरिएको
उर्लाबारी, २३ पुष । कठ्याङ्ग्रिदो जाडो बढेसंगै विपन्न तथा अपाङ्गता भएका ज्येष्ठ नागरिकहरुलाई ज्याकेट वितरण गरिएको छ । संचारकर्मी किशोर श्रेष्ठको संयोजनमा युवा मन नेपालले वृद्धवृद्धाका लागि यसप्रकारको परोपकारी कार्य गरेको हो । हाल अमेरिका बस्दै आएकी फूल तामाङ र साउदी अरेबियामा रहेका सुजन लामाले उक्त सामाजिक कार्य लागि आर्थिक सहयोग प्रदान गरेका हुन् ।
उर्लाबारीका विभिन्न वडाका ३५ जना वृद्धवृद्धालाई ज्याकेटसंगै शनिबार मिष्ठान्न भोजनपनि गराइएको छ । उर्लाबारी – ६ स्थित सुदर्शन टोल (बानडाँडा)मा एक कार्यक्रमकाबीच उर्लाबारी नगरपालिका प्रम्ख गंगाप्रसाद खरेल र उपप्रमुख मीना खतिवडा पौडेलले वृद्धवृद्धालाई ज्याकेट वितरण गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख खरेलले वृद्धवृद्धाका लागि जाडोमा न्यानो कपडा उपलब्ध गराउनु मानवीय धर्मको उच्चतम कार्य भन्दै संचारकर्मी किशोर श्रेष्ठको खुलेर प्रशंसा गर्नुभयो । यस्ता कार्यमा नगरपालिकाको तर्फबाट र व्यक्तिगत तर्फबाट समेत सहयोग उहाँ प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै, सामाजिक सरोकारका मुद्धामा मात्रै केन्द्रित नभएर संचारकर्मीले जनजीविकाको सवालमा प्रत्यक्ष लाभ पुग्ने कार्य गरेको भन्दै उपप्रमुख पौडेलले अरुलाई पनि उत्प्रेणा जाग्नुपर्ने टिप्पणी गर्नुभयो ।
लोकप्रिय युटुब च्यानल युवा मन नेपालका संचालक किशोर श्रेष्ठले विपन्नहरुको हितमा विगतदेखि लागि परेको र आगामी दिनमा पनि सहयोगका लागि निरन्तरता जारी रहने बताउनुभयो ।
प्रकाशित मिति: २०२३-०१-०७ , समय : १७:५४:२१ , ३ वर्ष अगाडि