ईनेपालपत्र समाचारदाता , ३९३ पटक हेरिएको
बिराटनगर, ५ पुस। चोरी मुद्दाको एक जना फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-९ का २९ बर्षीय मोहम्मद आलम मियाँ रहेका छन् ।
चोरी मुद्दामा मोरङ जिल्ला अदालतको सजाय निर्धारण फैसला आदेशले १७ दिन कैद र १० हजार रुपैया जरिवान बेरुजु रहि फरार रहेका मियाँलाई गाउँघरमा नै लुकेर बसेको अबस्थामा प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत मोरङमा दाखिला गरेकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
प्रकाशित मिति: २०२२-१२-२० , समय : १६:४६:२५ , ३ वर्ष अगाडि