सदाबहारको सधारण सभा

ईनेपालपत्र समाचारदाता , ५५२  पटक हेरिएको

जाँते २१ मंसिर । सदाबहार सामुदायिक बनले आफ्नो २२ औँ साधारण सभा सम्पन्न गरेको छ । आज लेटाङ ९ गणेश मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा बनले आफ्नो बार्षिक प्रगती प्रबेदन तथा आर्थिक प्रतिबेदन पेश गरेको थियो ।

२२४.०४ हेक्टर क्षेत्रफल रहेको उक्त सामुदायिक बनले यस बर्ष २ हजार वटा विभिन्न जातिका बिरुवा रोपेको उल्लेख गरेको छ । बनमा आम्दानी बढाउने उदेश्य राखेर ७ सय भन्दा बढी सुपारीका बिरुवा समेत रोपेको जनाईएको छ । झाडी सरसफाई, घेराबारा , उपभोक्ताहरुलाई घर निर्माणका लागि १५ क्यु फिटका दरले काठ बिक्रि गरिएको समेत जनाईएको छ ।

उक्त सामुदायिक बनको कुल आम्दानी २२ लाख ७ हजार ६ सय ९७ रहेको छ भने कुल खर्च २९ लाख १४ हजार ८ सय ५४ रुपैया रहेको आर्थिक प्रतिबेदनमा उल्लेख छ ।

नेपाली काँग्रेसका नेता तथा लेटाङ ९ का वडा अध्यक्ष नन्द प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फेकोफोन प्रदेश सचिब अग्नि पौडेल विशिष्ट अतिथी रहनुभएको थियो । कार्यक्रममा सब डिभिजन बन कार्यलयका प्रतिनिधि , संघसंस्थाका प्रतिनिधि , बन उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
बन समुहका अध्यक्ष टंक राईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
www.letangkhabar.com

प्रकाशित मिति: २०२२-१२-०७ , समय : १९:२९:५६ , ३ वर्ष अगाडि