उर्लावारीमा ग्याङ् फाइट, २ घाइते, १ को अवस्था गम्भीर ३ जना पक्राउ

इनेपालपत्र , २४९  पटक हेरिएको

उर्लाबारी ३ मंसिर । उर्लाबारीमा शुक्रबार साँझ दुई समूहबीच झडप हुँदा ३ जना घाइते भएका छन्। एकको अवस्था गम्भीर छ। वडा नम्बर ६ स्थित तरल क्याफेअगाडिको बार्दलीमा आइतबारेका कुमार लिम्बूको समूह र उर्लावारी—६ का रजत थापाको समूहबीच झडप हुँदा ३ जना घाइते भएको मोरङ प्रहरीले जनाएका छ।

मोरङ प्रहरीका एसपी शान्तिराज कोइरालाको अनुसार थापाको समूहले आक्रमण गर्दा उर्लावारी—४ का गौतम तामाङको अवस्था गम्भीर छ। उनको बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यस्तै वडा नम्बर ७ का स्थानीय युवा नितम चौहान र ८ नम्बर वडाका युवा मिलन श्रेष्ठ पनि घाइतेको भएको एसपी कोइरालाले जानकारी दिए। उनीहरुको अवस्था सामान्य छ।

थापा,चौहान र श्रेष्ठ बसिरहेको समयमा लिम्बूको समूह आएर उनीहरुमाथि धारिलो हतियारले आक्रमण गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्नको भएको आरोपमा प्रहरीले कुमार लिम्बूसहित, उर्लावारी वडा नम्बर ५ का आश‌ंक लिम्बु र वडा नम्बर ६का रजत थापालाई पक्राउ गरेको छ।

पुराना रिसिईबीलाई लिएर लिम्बूको समूहले थापालाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रहरी स्रोतका अनुसार केही महिनाअघि कुमारलाई थापाले आइतबारेमा हातपात गरेर फरार भएका थिए। उर्लावारी आएको थाहा पाएपछि लिम्बूको समूहले शुक्रबार आक्रमण गरेको स्रोतले बतायो। लिम्बुको समूह पछिल्लो समय उर्लाबारी क्षेत्रमा कुटपिटका घट्नामा संलग्न हुँदै आएको छ।

उर्लाबारीका विभिन्न घटनामा कानुनी प्रक्रियामा नगई छलफल गरेर घटना ‘मिलापत्र’ मार्फ टुंग्याइदै आएको स्रोतले जनाएको छ।

कटुपिट तथा आक्रमणका घटनाहरुमा सामान्य छलफल गर्ने र मिलापत्र गरेर छाड्ने परिपाटीका कारण उर्लाबारी क्षेत्रमा पछिल्लो समय अपराधिक घटनाहरु बढ्दै गएको स्थानीयवासीले गुनासो गर्दै आएका छन्। हत्या प्रयास गर्न खोज्ने जस्तो जघन्य अपराधका घट्नाहरुमा पनि प्रहरीले मुद्दा नचलाई सेटिङ गरेर ‘मिलापत्र’ गराएर पन्छिने प्रवृत्ती बढेको स्थानियबासीको गुनासो छ।

पक्राउ परेका व्यक्तिहरु पटक पटक अपारधिक एवं कुटपिटका घटनाहरुमा संलग्न हुँदै आएको मोरङ्ग प्रहरीले जनाएको छ।

यस्तै, निर्वाचनको मौन अवधिमा उर्लाबारी चौकमै ग्याङ् फाईट हुनु उर्लाबारीको सुरक्षा विषयमा चुनौती थपिएको छ।

प्रकाशित मिति: २०२२-११-१९ , समय : ०४:२०:४४ , १ वर्ष अगाडि