डा. सुनिल शर्माले ९ महिने बच्चाको निशुल्क उपचार गरिदिने

ईनेपालपत्र , २८१  पटक हेरिएको

बिराटनगर २ मंसिर। मोरङको उर्लाबारी निवासी कालकार तथा प्राविधिक श्याम गिरिको ९ महिनाको छोरा डेङु र निमोनिया पिडित शुभम गिरिलाई मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सुनिल शर्माको सहयोगमा नोवल अस्पताल बिराटनगरमा सतप्रतिशत उपचार छुट गरिएको छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आव्हानमा उक्त छुट भएको हो ।

डेङु र निमोनिया लागेर उर्लाबारीको अस्पतालमा उपचार सम्भव नभएपछि बिराटनगरको नोवल अस्पतालमा भर्ना गरिएको थियो । आर्थिक अवस्था कमजोरी भएका कारण उपचारमा खर्च अभाबले बिरामीको परिवार आर्थिक सहयोगको अपेक्षामा थियो । बिरामीको अवस्था सिकिस्त भएपछी केहि कलाकारहरुले आर्थिक सहयोग समेत जुटाईरहेको अवस्थामा नोबेल हस्पिटलले उपचारको सम्पूर्ण जिम्मा लिएको हो ।

बिरामीका बुवाले सामाजिक संजालमा सहयोगको अपिल गरेको कुरा देखेपछि नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले सहयोगको लागि तुरुन्त पत्र लेखी डा. सुनिल शर्माको सचिवालयमा निशुल्क सहयोगको लागि अपिल गरेका थिए ।

उनको यो अपिल पत्रकार सुवाश संकल्प, उद्योग बाणिज्य संघ उर्लाबारीका निवर्तमान अध्यक्ष प्रीतम खडगी तथा प्रत्यक्ष रुपमा कलाकार तथा अन्य श्रोतबाट डा. सुनिल शर्मालाई जानकारी गराईएको थियो । उक्त जानकारी पाउन साथ निज नौ महिनाको नाबालक शुभम लाई निशुल्क उपचारको लागि डा सुनिल शर्माले व्यवस्था गरेको बिरामीको बुवा श्याम गिरिले जानकारी गराए ।

गिरिका अनुसार हिजो बुधबार नोवल अस्पतालका जनरल मेनेजर रुद्र प्रशाद शर्माले भेटेर निशुल्क उपचारको बारेमा जानकारी गराइएको थियो । शर्माले आफ्नो क्षेत्र भन्दा बाहिरको बिरामी भएपनि सामाजिक उत्तरदायित्व अन्तरगत सेवाको भावले सहयोग गरेको बताए ।

प्रकाशित मिति: २०२२-११-१८ , समय : १६:३४:४६ , १ वर्ष अगाडि