गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण

ईनेपालपत्र , २१५  पटक हेरिएको

काठमाडौँ, २ मङ्सिर । निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निर्वाचन आचारसंहिता विपरीत शिक्षक नियुक्ति गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

उक्त नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी राखेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा २४ घन्टाभित्र जवाफ दिन स्पष्टीकरण सोधिएको हो ।

आयोगले यसअघि पनि विभिन्न सरकारी क्याम्पस र विद्यालयका शिक्षकलाई आचारसंहिता उल्लङ्घनका विषयमा स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति: २०२२-११-१८ , समय : १३:३२:०३ , १ वर्ष अगाडि