खाना अपच हुने समस्या छ ? यी हुन् समाधानका लागि घरेलु उपाय

इनेपालपत्र , २५१  पटक हेरिएको

खाना अपच हुनु पनि स्वास्थ्य समस्या हो । यसको बेलैमा उपचार गर्नुपर्छ । स्वास्थ्यमा हेलचेक्राइँ गरेमा गम्भीर समस्या आइलाग्न सक्छ । यस कारण कुनै पनि समस्यामा देखिएमा बेलैमा समाधानको उपाय खोज्नुपर्छ । खान अपच भएमा एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस् ।

पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ । मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमश: कम हुँदै जान्छ । खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि बेस्कन चपाएर खाँदा पाचन राम्रो हुन्छ ।

पाचन बलियो नहुनुको मतलब तपाईको कलेजो त्यति स्वस्थ छैन । त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस् । पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ । गाजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ ।पाचनशक्ति कमजो हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ । यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ ।

बढी तनाव लिनुभयो भने पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि हुन्छ । तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ । त्यसैले तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ । हरेक दिन घ्यूकुमारीको जुस अथवा अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ ।

प्रकाशित मिति: २०२२-११-१२ , समय : २०:२१:५९ , १ वर्ष अगाडि