२४ घन्टामा एकहजार १८ जनालाई डेङु संक्रमण

ईनेपालपत्र , ४६०  पटक हेरिएको

काठमाडौं,२१  असोज । पछिल्लो २४ घण्टामा एक हजार १८ जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि)को तथ्याङ्क अनुसार २४ घण्टामा एक हजार १८ जना डेंगु सङ्क्रमित थपिनुका साथै एक जना सङ्क्रमितको मृत्यु भएको छ ।

यो सँगै नेपालमा डेंगु सङ्क्रमणबाट ४२ जनाको मृत्यु हुनुका साथै ३१ हजार १५१ जनामा डेंगु पुष्टि भएको ईडिसिडिको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।

सरकारले  अविरल भइरहेको वर्षले झाडापखला,हैजा  र डेंगुको खतरा बढेको भन्दै यसबाट बच्न आग्रह गरेको छ ।

डेंगुबाट बच्न घरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिने,घर झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन,पुरै शरिर ढाक्ने लुगा लगाउन सरकारको आग्रह छ ।

मन्त्रालयका अनुसार अहिले सम्म देशका सातै प्रदेशका ७६ जिल्लामा डेंगु फैलिसकेको छ । गोरखपत्रमा खबर छ ।

प्रकाशित मिति: २०२२-१०-०७ , समय : १७:१७:०६ , २ वर्ष अगाडि