ईलाका प्रहरी कार्यालय बेलबारीको भवन उद्घाटन

ईनेपालपत्र , ३२२  पटक हेरिएको

बेलबारी, ११ असज  । मोरङको बेलबारी १ मा करिब ३ करोडको लागतमा निर्माण भएको ईलाका प्रहरी कार्यलय बेलबारीको नवनिर्मित भवनको मंगलबार बिहान उदघाटन गरिएको छ ।
सो भवन प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले शिला अनावरण सहित रिबन काटेर उदघाटन गरेका हुन । २ करोड ९३ लाखमा निर्माण सम्पन्न भएको अढाई तलाको सो भवन एक बर्षअघि नै निर्माण सम्पन्न भई ठेकेदार कम्पनीले हस्तान्तरण गरेको थियो । उदघाटन कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई उपमेयर नितु थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२२-०९-२७ , समय : १०:४१:३२ , २ वर्ष अगाडि