एकिकृत जनभावना साकोसको दोस्रो सभा सम्पन्न

अभिषेक पौडेल , ३६४  पटक हेरिएको

लेटाङ, ११ असोज ।  लेटाङ २ मा रहेको प्रदेशस्तरिय बचत तथा ऋण कारोबार गर्ने एकिकृत जनभावना साकोसले दोस्रो बार्षिक साधारण सभा असोज १० गते सम्पन्न गरेको छ ।
स्थानिय ५ वटा बचत तथा ऋण कारोबार गर्ने सहकारी सस्थाहरुबिच एकिकरण पश्चातको दोस्रो साधारण सभा सस्थाको मुख्य कार्यलय प्राङ्गण फडानीमा सम्पन्न गरिएको हो । २ बर्ष अघि देशमा नै स्थापित सहकारी सस्थाहरु फडानी, जनचाहना, गोदावरी, खैरेनी र धोबि साकोसबिच एकिकरण गरि मोरङ कै सबै भन्दा धेरै सदस्य सङ्ख्या र कारोबारको हिसाबले सबैभन्दा ठुलो बचत तथा ऋण सहकारीको रुपमा स्थापित गरिएको थियो । सस्थामा अहिले ६ हजार ६ सय ५८ जना शेयर सदस्य तथा १ हजार ९ सय ८४ जना बाल बचत कर्ताहरु रहेका छन भने आ.ब.२०७८/०७९ मा ८३ करोड ६२ लाख ३२ हजार ३ सय ५६ को चुक्तापुजि रहेको छ। २२ जना कर्मचारी र ६ वटा सेवा केन्द्र मार्फत सदस्यहरुलाई सेवा प्रदान गरिरहेको सस्थाले आगामी आ.ब.२०७९/०८० मा १ अर्ब बढि चुक्तापुजी बनाउने लक्ष्य लिएको छ ।
कार्यक्रमको खुल्ला सत्रमा प्रमुख अतिथि प्रतिनिधि सभाका माननिय सासद घनश्याम खतिवडा, बिशेष अतिथिद्वय जिल्ला बचत संघ मोरङका लेखा सु. समिति सयोजक बिष्णु प्र. ओझा, केराबारी गाउँपालिका सहकारी समन्वय समिति सयोजक डिल्लीराम शर्मा अधिकारी,लेटाङ २ का वडा अध्यक्ष तेज प्रसाद तिम्सिना, शान्ती भगवति माबिका प्र.अ. श्रीप्रसाद ढकाललगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा मन्तब्य राख्नुहुदै प्रमुख अतिथि खतिवडाले ग्रामिण क्षेत्रका जनताको तत्कालिन गर्जो टार्न साना साना पुजिबाट २०५० साल ताका स्थापना भएका स्थानिय ५ वटा सहकारीबिच एकिकरण गरेर देशभर नाम कमाएको एकिकृत सस्थाले अहिले जनताको आर्थिक कारोबार गर्ने बैङ्कको रुपमा सेवा प्रदान गर्नु महत्वपुर्ण भएको बताउनुभयो ।
बिशेष अतिथिद्वय ओझा र अधिकारीले स्थानिय सन्चालक र कर्मचारीहरु सहभागि भएर सन्चालन भएका सस्थाहरु भरपर्दो र बिश्वास योग्य भएकोले आर्थिक कारोबार स्थानिय सस्थाहरुबाट नै गर्नुपर्ने बताउनु भयो । वडा अध्यक्ष तिम्सिनाले स्थानिय स्तरमा बचत तथा ऋणको कारोबार गरेको सस्थाले बैङ्कको पहुचमा नपुगेका जनतालाई उधम गर्न प्रेरित गरिरहेको बताउदै न्युनबर्गबिच सदस्य बिस्तार गर्न तथा गरिबि निबारणको क्षेत्रमा वडा कार्यलय साझेदारी गरेर अगाडी बढ्न ईच्छुक रहेको कुरामा जोड दिनुभयो ।
सस्थाका अध्यक्ष हेरम्बराज भट्टराईको सभाध्यक्षतामा भएको कार्यक्रममा साझेदारी कार्यक्रम गर्ने सङ्घसस्था तथा ब्यक्ति, एकिकरणको समयमा भएका तत्कालिन ५ वटा सहकारीका सन्चालकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको खुल्ला सत्रमा बार्षिक प्रगति प्रतिबेदन सचिब सुरेश अधिकारी, आर्थिक प्रतिबेदन कोषाध्यक्ष पुष्प बहादुर कार्कि र लेखा सु.समितिको प्रतिबेदन सयोजक राजेन्द्र खतिवडाबाट प्रस्तुत गरिएको थियो भने बन्दसत्रमा अनुमोदन गरिएको थियो ।

प्रकाशित मिति: २०२२-०९-२७ , समय : ०६:४२:२६ , २ वर्ष अगाडि