लेटाङका मेयर उपमेयरलाई निर्वाचन आयोगद्वारा ४ लाख जरिवाना गर्ने

ईनेपालपत्र , २७३  पटक हेरिएको

नगरप्रमुख भुपेन्द्र लावती र उपप्रमुख कृष्ण कुमारी पोख्रेल

लेटाङ ५, अशोज । लेटाङ नगरपालिकाका मेयर र उपमेयरलाई निर्वाचन आयोगले जनही साढे चार लाख रुपैँया जरिवाना तोकेको छ । मेयर भुपेन्द्र कुमार लावति र उपमेयर कृष्णकुमारी निरौला पोख्रेललाई आयोगले जरिवाना तोकेको हो ।

म चुनावी खर्च विवरण समयमा नबुझाएपछि आयोगले जरिवाना तोकेको हो । निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ। त्यस अवधिभित्र विवरण नबुझाउनेहरूलाई आयोगले कारबाही गरेको हो ।

आयोगले तोकेको जरीवाना ६ महिनाभित्र नतिरे निर्वाचित मेयर उपमेयरको पद नै खारेज हुने व्यवस्था रहेको छ । निर्वाचन आयोगले शुक्रबार एक विज्ञिप्ति जारी गर्दै करिब सवा लाख उम्मेरवारले स्थानीय निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गरे हो ।

यस्तै स्थानिय निर्वाचनमा मेयर तथा उपमेयर पदमा निर्वाचनमा भाग लिएकाहरुले समेत खर्च बिबरण नबुझाएको भन्दै जरिवाना तोकेको छ । नेपाली कांग्रेस बाट मेयर पदका उमेदवार ज्ञानेन्द्र ढकाल , राप्रपा बाट होमनाथ धमाल , खम्बुवान रास्ट्रीय मोर्चा नेपाल बाट दिलाराम राई र स्वतन्त्र बाट उठ्ने बुद्दिबहादुर श्रेष्ठ लाई जनही ४ लाख ५० हजार रुपैया जरिवाना तोकेको छ ।
यस्तै उपप्रमुखमा भाग लिने नेकपा (एकीकृत समाजबादी )पार्टिको शान्ती पाख्रीन लामा र नेकपा (माओबादी केन्द्र) का कृष्ण लम्साल अनन्तलाई समेत निर्वाचन खर्च बिबरण नबुझाएको भन्दै जनही ४ लाख ५० हजार रुपैया जरिवाना तोकेको हो ।

प्रकाशित मिति: २०२२-०९-२१ , समय : ०८:३३:०७ , २ वर्ष अगाडि