जबरजस्ती करणीका प्रतिवादी पक्राउ

ईनेपालपत्र , ४३८  पटक हेरिएको

मोरङ, २१ भदौ । जबर्जस्ति करणीको मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको छ । जिल्ला अदालत मोरङको फैसला अनुसार जबरजस्ती करणी मुद्धामा ९ बर्ष ५ महिना ५ दिन कैद सजाय तोकिएका सुन्दरहरैचा नगरपालिका-७ का २३ बर्षीय दिपक चौधरी र लागुऔषध मुद्धाम १ बर्ष ८ महिना १२ दिन कैद र ७५ हजार जरिवाना तोकिएका सुन्दरहरैचा नगरपालिका-७ का सन्जिव भनिने सन्दिप चौधरीलाई सोमवार दिउँसो घरबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै फरार प्रतिवादीलाई जिल्ला अदालत मोरङमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०९-०६ , समय : १५:५१:१९ , ३ वर्ष अगाडि