ईनेपालपत्र , ३११ पटक हेरिएको
लेटाङ २१ भदौ । स्थानिय तहको पहिलो निर्वाचन २०७४ वाट निर्वाचित प्राय: जनप्रतिनिधीले आफ्नै भवन बाट सेवा दिन सकेनन ।यसको मुल कारण हो वडा कार्यालयको आफ्नै भवन नहुनु ।
नगरपालिका वा गाबिस कार्यालयका भवन भएका वडाले आफ्नै कार्यालय वाट सेवा प्रवाह गरेपनि वडाको नयाँ संरचना बनाएका ठाँउमा घर भाडामा लिएर सेवा प्रवाह गर्नुपर्ने अवस्था छ ।
भाडामा रहेका कार्यालयले जग्गाको बन्दोवस्त गर्न सके भवन निर्माणका लागि बजेट विनियोज गर्ने निति सरकारको छ । सोहि अनुरूप लेटाङ नगरपालिका वडा नं. २ ले समेत वडाको बुधवारे बजार पुर्वमा रहेको चिसाङ सामुदायिक वन क्षेत्रमा पर्ने खाली जमिनमा भवन निर्माणको व्यवस्थापन गर्यो ।
यता स्थानीय द्वारा नै वनको जग्गामा भवन निर्माण भएको भन्दै व्यापक विरोध गरेपछि हाल निर्माण कार्य रोकिएको छ। स्थानियले भवन निर्माणका लागि स्थानिय एक साकोसले जग्गा उपलब्ध गराउने भनेपनी बनको जग्गामा भवन निर्माण गर्न थाल्नु नियोजित भएको भन्दै स्थानियले बिरोध गरिरहेका छन ।
वडा कार्यालय भवन निर्माणका लागि २ कठ्ठा ७ धुर जग्गा फडानी साकोसले दिने निर्णय समेत गरेको थियो ।
वडा नं. २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले सर्बसहमतीका लागि प्रयास गरिरहेको बताए । सहमति नजुटे यथोचित स्थान खोजेर भवन निर्मान गरिने जानकारी दिए ।
प्रकाशित मिति: २०२२-०९-०६ , समय : १३:४५:०५ , ३ वर्ष अगाडि