लेटाङ ६ पुस । साविक भोगटेनी गाविस स्तरिय भलिवल प्रतियोगितामा कुईकुन्डा विजय भएको छ । हाल लेटाङ नगरपालिका १ नं. वडा भएको भोगटेनीमा ९ वडा वडाहरु थिए । शुत्रवार अधेरी खेल मैदानमा साविक ९ वडाका प्रत्येक वडा बाट २ टिम गरि १९ टिम सहभागी भएका थिए ।
खेलमा साविक वडा नं. ९ कुईकुन्डा प्रथम भएको छ । साविक वडा नं. २ साग्माका दुईवटै टिम दोस्रो र तेस्रो भएका छन् । प्रथम हुनेले नगद २० हजार रुपैया र ट्रफी प्राप्त गरेको छ भने दोस्रो र तेस्रो हुने टिमले नगद १० हजार र ५ हजार रुपैया सहित ट्रफी प्राप्त गरेको छ ।
लेटाङ नगरपालिकाको सहयोगमा भएको प्रतियोगिताका विजयी टिमलाई लेटाङ नगरपालिकाका मेयर शंकर राईले पूरस्कार वितरण गर्नुभएको थियो । पूरस्कार वितरण संगै आफ्नो मन्तव्य राख्ने क्रममा मेयर राईले खेल विना मानिस अपूरो हुने भएकाले सर्वागिण विकासका लागि खेल अपरिहार्य रहेको वताउनुभयो । लेटाङ खेलकुदको उर्वराभुमि भएको र आफु पनि खेल क्षेत्रकै मान्छे समेत भएकाले खेलको संरक्षणमा सधै लागिरहने वताउनुभयो । उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरिरहेको नगरपालिकाले यो वर्ष भलिवल विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत सम्मान गर्ने मेयर राईले वताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष विष्णुकुमार मगर , नेपाली कांग्रेस प्रदेश ख सचिव बालकुमार लिम्बु, स्थानिय समाजसेवी वुद्धिजिवी लगायत स्थानियको उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.