इनेपालपत्र , ३७६ पटक हेरिएको
जाँते , १९ भदौ ।शिवशक्ति सामुदायिक बन उपभोक्ता समुह लेटाङ ८ मोरङले आफ्नो २३औ साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रममा समुह भित्रका १९ जना जेष्ठ नागरिकलाई सम्मान, २४ जना बिपन्न बिधार्थीलाई छात्रवृत्ति बितरण ,८ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान,५ जना उत्कृष्ट कृषक पुरस्कृत र २ जना उत्कृष्ट बिधार्थी पुरस्कृत गरेको छ । समुहले आर्थिक बर्स ७८/८९ को आर्थिक प्रतिबेदन समेत प्रस्तुत गरेको थियो । अध्यक्ष धनबहादुर लिम्बुले आगामि बार्षिक कार्यक्रम समेत प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी यातायात ब्यबस्था तथा संचार मन्त्री उपेन्द्र प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ प्रदेश नं. १ का सचिब अग्नि प्रसाद पौडेल बिशिस्ट अतिथी हुनुहुन्थ्यो ।
कार्यक्रम समितिकी सचिब कुमारी मंग्रातिले सचालन गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२२-०९-०४ , समय : ०९:०९:५३ , ३ वर्ष अगाडि