पुर्ब मेयर रबिन राई प्रदेश सांसदमा सिफारिस

ईनेपालपत्र , ४५०  पटक हेरिएको

रतुवामाई ,१५ भदौ। आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि यतिखेर राजनीतिक दलहरु उम्मेद्वार छनोट र सिफारिसमा ब्यस्त छन् । निर्वाचन क्षेत्रबाट आंकाक्षीहरुको नाम यतिखेर धमाधम छनोट र सिफारिस भईरहेका छन्

नेपाली काँग्रेस मोरङ क्षेत्र नं. २ क को आज बसेको बैठकले प्रदेशसभामा प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ । बैठकले रविन राई, कन्हैयालाल राजवंशी, शिव नारायण सिंह गनगाई जीवन पनेरु शान्तादेवी पौडेल र फडिन्द्र थापाको नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभा समानुपातिकतर्फ २१ जनाको नाम सिफारिस भएको छ ।

आकांक्षीहरु धेरै भएपछि सबैको नाम सिफारिस गरिएको हो समानुपातिकमा गुलाम उदीन मिया, फुलवती देवी गोडी, इन्दिरा अधिकारी, निरा कट्टेल, नारायणी देवी पण्डित, रामानन्द साह, होमा देवी घिमिरे, जानकी कुमारी केवरत, शान्ति देवी राजवंशी, शन्तोलिया देवी माझ, कृष्ण प्रसाद वाग्ले, थर्कबहादुर विश्वकर्मा, तिलाराम बस्नेत, खडानन्द न्यौपाने, गोमा नेपाली, साईस्ता प्रविण, गिरिजाप्रसाद यादव, विशाल गौतम, रमानाथ भट्टराई, शिवकुमार थापा र सम्पतलाल साहको नाम सिफारिस भएको हो । प्रतिनिधिसभातर्फ भने मोरङ २ नम्बर क्षेत्रीय समितिको बिहिवार बस्ने बैठकले नाम सिफारिस गर्ने बुझिएको छ ।

प्रकाशित मिति: २०२२-०८-३१ , समय : २१:३२:३४ , ३ वर्ष अगाडि