रकम बुझाउन नसक्दा एकहप्ता देखि अस्पतालमा रहेको शब युवाहरुले ल्याए

ईनेपालपत्र , ४८३  पटक हेरिएको

उर्लाबारी, १५ भदौ मोरङको उर्लाबारी-६ मा बसोवास गर्ने सिता जोगिको शव ल्याउन उर्लाबारीका युवाहरुले सहयोग गरेका छन् ।
उच्चरक्तचाप बाट विरामी परेकी जोगीको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा एक सात अघि मृत्यु भएको थियो ।
आर्थिक अभावका कारण उपचारमा लागेको रकम अस्पताललाई बुझाउन नसक्दा जोगीको शव अस्पतालले राखेको खवर उर्लाबारीका स्थानिय युवाहरुले थाहा पाएपछि आर्थिक संकलन गरी जोगीको शव ल्याएका हुन् ।
सहयोगका लागि प्रविन वस्नेतले ३५ हजार, विक्रम चापागाईले ५ हजार सविन श्रेष्ठले २० हजार, योगराज कार्कीले १ हजार ५ सय रुपैया सहित उर्लाबारी-७ का वडा सदस्य सुमन कार्कीले आफ्नो सेवासुविधा बापतको रकमा थपेर २८ हजार रुपैया संकलन गरी जोगिको शव ल्याउन सहयोग गरेका छन् ।
शव ल्याउनका लागि उर्लाबारीका युवा प्रविन वस्नेतको नेतृत्वमा ८९ हजार ५ सय रुपैया संकलन गरीएको थियो भने वडा कार्यालयले समेत सहयोग गरेको बताइएको छ ।
आर्थिक अभावका कारण अस्पतालमा अडकिएको जोगीको शव युवाहरुको पहलमा ल्याएर दाहसस्कार गरिएको छ ।

प्रकाशित मिति: २०२२-०८-३१ , समय : १५:०८:३८ , ३ वर्ष अगाडि