महादेवको उपासना गरि आज हरितालिका तीज मनाईदै

ईनेपालपत्र , २५३  पटक हेरिएको

काठमाण्डौं, १४ भाद्र । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
भनिएको छ –‘‘आलिभिर्हरिता यस्मात्तत्मात्सा हरितालिका’’ सखिहरुले हरण गरेर लगेका अवस्थामा माता पार्वतीले तृतीया तिथिमा व्रत गरेको हुनाले यस व्रतको नाम हरितालिका तीज रहन गएको हो ।
महादेव पति पाउन पार्वतीले बालक कालदेखि नै आराधना गर्नु भएकाले भदौ शुक्ल पक्षको सोमबार परेको थियो । त्यसैले पनि अविवाहिताहरुले महादेवजस्तै पति र विवाहिताहरुले पतिको दीर्घायु, सुस्वास्थ्यको कामनासहित तीज मनाउने गर्छन ।
तीजको भाद्र शुक्ल चौथीका दिन दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३ सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् ।
साथै वशिष्ठ, अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम र जमदग्नि ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी खाने प्रचलन छ ।

प्रकाशित मिति: २०२२-०८-३० , समय : ०६:००:३८ , २ वर्ष अगाडि