कुष्ठरोगी खोज पड्ताल अभियान सम्बन्धी योजना तर्जुमा गोष्ठी

ईनेपालपत्र , ३५१  पटक हेरिएको

पथरीशनिश्चरे ,७ भदौ । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले आज नयाँ क्षय तथा कुष्ठरोगी खोज पड्ताल अभियान सम्बन्धी योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
गोष्ठी उद्घाटन्का क्रममा बोल्दै नगर प्रमुख मोहनप्रसाद तुम्बापोले नगरलाई क्षयरोग र कुष्ठरोगबाट मुक्त बनाउन रणनीतिक योजना बनाएर अघि बढ्नु पर्ने बताउनु भयो । सोही अनुरुपको योजना तर्जुमा गर्न सम्बन्धित शाखालाई निर्देशन समेत दिनुभयो । घर घरमा गएर रोगी खोजपडताल गर्ने योजना तर्जुमा गरिएको छ ।
गोष्ठीमा, उपप्रमुख देवीमाया काफले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, कार्यपालिका सदस्य सहितको उपस्थितीमा नगर मातहतका स्वास्थ्य संस्था प्रमुख लगायतका स्वास्थ्यकर्मीको सहभागिता गराइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत मुलुकचन्द्र राजवंशी तथा क्षयकुष्ठ कार्यक्रमको सहयोगी संस्था बाग्मती सोवा समाजका युवराज लिम्बू र वीएनएमटीकी पूनम विष्टले गोष्ठीको सहजिकरण गर्नुभयो ।

प्रकाशित मिति: २०२२-०८-२३ , समय : १९:३९:५४ , २ वर्ष अगाडि