गुट भन्दा संगठन बलियो बनाउन मोरङ काङ्ग्रेस लागिरहेको छ: ललित श्रेष्ठ

east khabar , २०९  पटक हेरिएको

सुन्दरहरैँचा,  ३१ साउन। मंसिर ४ गते सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको घोषणा गरेको छ । हरेक राजनीतिक दल यती खेर चुनाव केन्द्रित गतिविधिमा सक्रिय भएका छन । टिकट बाडफाड देखी पार्टी भित्रका आन्तरिक समस्यामा दलहरु केन्द्रित भएका छन । चुनाव केन्द्रित रहेर हामीले नेपाली काङ्ग्रेस मोरङका नेता जिल्ला सचिव ललित श्रेष्ठ सग काङ्ग्रेस भित्रको आन्तरिक समस्या , गठबन्धनको बिषय, काङ्ग्रेसको चुनावी गतिविधिका बिषयमा कुरा गरेका छौ । श्रेष्ठ सग गरिएका विभिन्न बिषयका बहसहरुको एक सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

मोरङ काङ्ग्रेस निर्वाचनमा कसरी लागिरहेको छ ?
मोरङ काङ्ग्रेस जिल्लाका सबै तहमा सबै तहका साथीहरुलाई संगठित बनाएर हिजोका असहमतिहरुलाई मिलाएर एक ढिक्का बनाएर सबै साथीहरुको भावनालाई एकाकार गर्दै संगठनलाई सुदृढीकरण गर्ने निर्वाचन लक्षित कार्यक्रम लिएर अघी बढीरहेको छ ।

काङ्ग्रेस मोरङमा गुट उपगुट धेरै छ , हरेक समुहले एकले अर्काको अस्तित्व स्विकार्ने अवस्था छैन किन ?
काङ्ग्रेस भित्र देखिएका गुट उपगुट र एकले अर्काको अस्तित्व स्विकार्न नसक्ने एक किसिमको अहंकारले गर्दा अहिले काङ्ग्रेसलाई क्षती गरेको महसुस हामीले गरेका छौ । हामीले गुटलाई अन्त्य गर्न त सक्दैनौ तर गुट भेलालाई कम गर्ने तर्फ हामी सबै लागिरहेका छौ । हामी गुट भेलालाई मोरङमा निरुत्साहित गर्ने तर्फ उन्मुख भएका छौ । गुट भन्दा पार्टी बलियो बनाउन मोरङ काङ्ग्रेस लागिरहेको छ ।

मोरङमा काङ्ग्रेस प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एक्ला एक्लै लड्छ कि गठबन्धन हुन्छ ?
नेपाली काङ्ग्रेस केन्द्रिय समितीको बैठकले गठबन्धन गरेर अघी बड्ने निर्णय गरेको छ । केन्द्रिय निर्णय अनुसार नै मोरङ काङ्ग्रेसले पनि गठबन्धन गरेर अघी बढ्छ ।

मोरङ काङ्ग्रेसको बलियो जिल्ला तर कमजोर बन्दै गएको छ किन ?
मोरङ विपीको गृह जिल्ला, गिरिजाप्रसाद कोइरालाको गृह जिल्ला र काङ्ग्रेसको राजधानीको रुपमा चिनिने जिल्ला अहिले कमजोर भएको महशुस हामीले गरेका छौ । तर काङ्ग्रेस सांगठनिक हिसाबले कमजोर भएको हैन, जनताको नजरमा कमजोर भएको हैन । काङ्ग्रेस भित्र एकले अर्काको अस्तित्व स्विकार गर्न नसक्नाले, गुट उपगुटलाई बढी प्रसय दिने गर्नाले काङ्ग्रेस कमजोर भएको देखिन्छ ।

नेतृत्वको कार्यशैली प्रती कार्यकर्ता असन्तुष्ट छन, काङ्ग्रेसले कसरी व्यवस्थापन गर्छ ?
सबै पार्टीमा कार्यकर्ताहरु आफ्ना नेताहरुले जनताको भावना अनुरुप काम गर्न नसकेको, देश बिकासको निम्ती उपयुक्त मोडल दिन नसकेको र कार्यकर्तालाई वेवस्ता गरेको काङ्ग्रेसमा पनि कार्यकर्ताहरुबाट गुनासाहरु आएका छन । तर काङ्ग्रेस मोरङले नेता र कार्यकर्ताको बिचमा एउटा पुलको काम गर्दै आएको छ । नेताहरुमा देखिएको अहंकारलाई कसरी अन्त्य गर्ने यस बिषयमा नेता र कार्यकर्ताको दुरी कसरी कम गर्ने बिषयमा काङ्ग्रेस लागिरहेको छ ।

गुट उपगुटको बिचबाट काङ्ग्रेस मोरङमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कसरी लड्छ ?
हामीले यही बिषयलाई लिएर काङ्ग्रेस मोरङको असार २८ गते बसेको बैठकले सत्र वटै पालिकामा पार्टीको दायित्व र जनप्रतिनिधिको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम हामीले सम्पन्न गर्यौ । सत्र वटा मध्ये अब तीन वटा पालिकामा यो कार्यक्रम गर्न बाँकी रहेको छ । यस कार्यक्रमले नेपाली काङ्ग्रेसका कार्यकर्तामा नयाँ उर्जा उत्पन्न भएको छ । आगामी दिनमा अब नेपाली काङ्ग्रेस एक ढिक्का भएर अघी बढ्छ । र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एक भएर काङ्ग्रेस लड्छ र सबै क्षेत्रमा हामी काङ्ग्रेसको जित निकाल्ने गरि लागि पर्नेछौ ।

अघिल्लो निर्वाचनमा मोरङमा स्थानिय तहमा बहुमत पाएको काङ्ग्रेसले यस पटक बहुमत गुमाउन पुग्यो किन ?
मोरङले यो भन्दा अगाडि १० वटा पालिकामा विजयी हासिल गरेको थियो अहिले ८ वटा पालिकामा मात्र विजयी हासिल गरेको छ । यसको जिम्मेवारी नैतीक रुपमा जिल्ला कमिटिले हामीले लिएका छौ । क्षेत्र, प्रदेश, केन्द्र र जिल्लाले टिकट वितरणमा गरेको कमजोरीले यस्तो अवस्था आयो । पार्टी भित्रका असहमतिका कारण हामीले मोरङमा बहुमत गुमाउन पुग्यौ ।

भने पछी स्थानिय तहको टिकट वितरणमा जिल्ला, प्रदेश र केन्द्र बिच सहजिकरण हुन नसकेको भन्न् खोज्नु भएको हो ?
सहजिकरण भन्दा पनि क्षेत्रले वडाको बाढ्नुपर्छ, जिल्लाले गाउपालिकाको बाढ्छ , प्रदेशले नगरको बाढ्छ र केन्द्रले उपमहानगरको बाढ्छ । र यो जुन निकायले बाढ्ने हो त्यो बाढ्ने प्रक्रियामा केही कमजोरी भयो भन्ने महशुस भएको हो ।

अघिल्लो पटक तपाईंले प्रदेश सदस्यमा उम्मेद्वारी दिनु भएको थियो अबको तयारी के मा रहन्छ ?
अहिले मैले तयारी के मा गर्ने र कसरी गर्ने भन्ने बिषयमा के बोल्न जरुरी ठानिन । केन्द्रले गठबन्धन गर्ने निर्णय गरेको छ तर कहाँ कसको गठबन्धन हुने भन्ने निर्णय भइनसकेको अवस्थामा म अहिले नै प्रचारबाजी मा उठ्न चाहिन । तर केन्द्रले म उठ्ने प्रदेश क्षेत्रमा काङ्ग्रेसले पाउने भए मेरो उम्मेद्वारी प्रदेशमा नै रहन्छ ।

ललित श्रेष्ठ निर्वाचन देखी भागे भन्ने हल्ला छ नि ?
त्यस्तो चाँही नहुनु पर्ने हो । मैले त्यस्तो काही भनेको छुइन । मैले उठ्दा प्रदेशमा उठ्ने हो । उठ्ने नउठ्ने पार्टीको चाहना र जनताको विश्वासमा गठबन्धन सहित अघी जाने हो ।

मोरङको कुन कुन क्षेत्रमा कसरी गठबन्धन हुन्छ ?
गठबन्धन समुह भित्र रहेका राजनीतिक दलले मोरङमा अघिल्लो निर्वाचन क्षेत्रमा कहाँ कहाँ जितेका छन । कुन क्षेत्रमा कुन राजनीतिक दलको राम्रो प्रभाव छ त्यही अनुसार नै गठबन्धन हुन्छ ।

मोरङमा कोइराला समुहको बहुमत छ, केही दिन अघी मात्र मोरङमा देउवा समुहको बैठक बसेर कोइराला समुह सग एक भएर मोरङमा लड्ने भन्ने एक समुहको गोप्य बैठक बस्यो यस बिषयमा के भन्नुहुन्छ ?
उहाँहरु बस्नु भएछ । एक किसिमको निर्णय समेत उहाँहरुले गर्नु भएको छ भन्ने खबर बाहिर आएको छ । त्यो उहाँहरुको कुरा हो । कसले कहाँ कसरी बैठक बस्छ त्यो उहाँहरुले आँफै जान्नुहोला तर गलत गर्नु भयो । गुट भन्दा पार्टी बलियो बनाउने हो ।

टिकट बाडफाटमा मोरङ काङ्ग्रेस कसरी अघी बढेको छ ?
केन्द्रको सर्कुलर आए पछी मात्र टिकट बाडफाटको प्रक्रियालाई मोरङ काङ्ग्रेसले अगाडि बढाउछ । हामीले गएको असार २८ गते जिल्लाको बैठकबाट नै कोही कसैले सामाजिक सञ्जालमा अर्थात अन्य तिर प्रचारप्रसार नगर्न सर्कुलर नै पठाइसकेका छौ ।

प्रकाशित मिति: २०२२-०८-१६ , समय : १६:०६:०६ , २ वर्ष अगाडि