काकडभिट्टा देखी सुनसरीसम्म पुर्व पश्चिम लोकमार्ग ४ लेनको स्तरोन्ती आगामी बर्षको शुरुवात देखी हुन

हाम्रो समाचारदाता , ३५०  पटक हेरिएको

मोरङ, २७ साउन। झापाको काँकरभिट्टा देखी सुनसरीको लौकहीसम्म पुर्व पश्चिम राजमार्ग स्तरोन्नति गरी चार लेनको सडक बन्ने भएको छ ।

एशियाली बिकास बैंकले स्तरोन्नती गर्न लागेको यो सडकको लागत करिव २८ अर्ब १७ करोड ८९ लाख रहेको छ । त्यसपछि एशियन हाइवे स्ट्याण्डर्ट सडक बन्ने भएको हो । हाल दुइलेनको रहेको सो सडकको स्तरोन्नति गर्नुपुर्व सबै स्थानिय तहहरुमा सार्वजनिक सुनुवाई सम्पन्न गर्ने क्रममा बुधवार सुन्दर हरैचामा सुनुवाई भएको हो ।

झापा, मोरङ र सुनसरी जिल्लालाई छुने यस सडकको आगामी पुुससम्ममा ठेक्का खुल्ने र आगामी बर्षको सुरुवात देखी नै निर्माण कार्य शुरु हुने आयोजनाका वातावरणविज्ञ राजेन श्रेष्ठले बताए । सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेन सहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकरभिट्टा देखी इटहरी सम्म शुरु हुनेछ । तीनसय मिटर भन्दा लामो पुल रहेको ६ स्थानमा सिग्नेचर पुल निर्माण हुने भएका छन् ।

आयोजनाले बिर्तामोड, दमक, उर्लाबारी, बिराटचोक, झुम्का, इटहरी लगायतका शहरी स्थानमा आकाशे पुल र अन्डर पास निर्माण गर्ने जनाएको छ । बिराटचोकमा २ वटा आकाशे पुल निर्माण हुने भएका छन् । यस्तै झरना पुल, मध्याली पुल, मदाहा पुल, मालती पुल, त्रिजुगा पुल र गणेशपुर खोलामा रहेको पुल भत्काएर नयाँ पुल निर्माण हुनेछन् । इस्ट खबरमा समाचार छ ।

प्रकाशित मिति: २०२२-०८-१२ , समय : १७:३३:३१ , २ वर्ष अगाडि